५० वर्षदेखि सञ्चालित हङकङको जम्बो रेस्टुरेन्ट बन्द

देश/विदेश समाचार

एजेन्सी । तैरिरहेको रेस्टुरेन्टको रूपमा आफ्नो अलग्गै पहिचान बनाएको तथा ५० वर्षदेखि सञ्चालन आएको हङकङको रेस्टुरेन्ट बन्द भएको छ । उक्त जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ । डोरीले बाँधेर तैरिदै गर्दा रेस्टुरेन्ट डुबेको हो ।

उक्त घटनाबाट धेरै दुखी भएको एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ । होटल डुब्दा चालक दलका सदस्यहरू भने घाइते नभएको जनाइन्छ । सन् २०२० को मार्चमा कोभिड महामारीको समयमा रेस्टुरेन्ट बन्द थियो ।

बेलायतकी महारानी, हलिउड अभिनेता टम क्रुज र व्रिटिश उद्यमी रिचर्ड ब्रान्सनलगायतका ३० लाख भन्दा बढी आगन्तुकले उक्त रेस्टुरेन्टको खाना खाएको विश्वास गरिन्छ । रेस्टुरेन्ट धेरै चलचित्रहरूमा पनि चित्रित भएको थियो । तर, कोभिड महामारीका कारण पछिल्लो समय व्यवसाय प्रभावित भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *