म शासक होइन, जनताको सेवक बनेर काम गर्छु ः पोखरेल

अन्तरवार्ता

सिन्धुलीका स्थापित कांग्रेस नेता हुन् उपेन्द्र पोखरेल । हाल उनी नेपाली कांग्रेस सिन्धुलीका जिल्ला सभापति एवं कमलाई नगरपालिका प्रमुख छन् । सेवाभावले ओतप्रोत पोखरेल जनप्रतिनिधिले जनताको शासक होइन, सेवक बनेर काम गर्नुपर्ने ठान्दछन् । ‘हाम्रालाई होइन, राम्रालाई’ अवसर दिनुपर्ने धारणा राख्ने उनी कर्मठ नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनै पोखरेलसँग तामाकोशी सन्देशका लागि कालिका महतले गरेको कुराकानी
उपेन्द्र पोखरेल, नगरप्रमुख कमलामाई नगरपालिका, सिन्धुली
तपाईं नगर प्रमुखमा निर्वाचित भइरहँदा यो जितको श्रेय कसलाई दिनुहुन्छ ?
सर्वप्रथम यो जित मेरो नभएर नगरवासी आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरुको हो भन्न चाहन्छु । त्यसपछि नेपाली कांग्रेसको पनि हो । म त त्यसको प्रतिनिधित्व गर्ने पात्र हुँ । उहाँहरुले निकै विवेक पु¥याएर मलाई कमलाई नगर प्रमुखमा विजयी गराउनुभएको हो । आफ्नो अमूल्य मत दिएर नगर प्रमुखमा विजयी गराउनुभएकोमा दाजुभाइ दिदीबहिनी, अग्रज नेता, कार्यकर्ता सबैलाई धन्यवाद दिन चाहन्छु । अब मैले उहाँहरुको इच्छा, आकांक्षा र भावनामा ठेस नपु¥याइ, कतै तलमाथि नहुने गरी काम गर्नुपर्छ । नगरवासीले अनुभूति गर्ने गरी यो पार्टी, ऊ पार्टी नभनी साझा रुपमा काम गर्नुपर्छ । म कुरा गरेर भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने भावना राख्ने व्यक्ति हुँ । यहाँको भूगोल, जनताका इच्छा, आकांक्षा र भावनामा चोट नपुगोस् भनेर म सचेत छु । अब मैले पार्टीभन्दा एक कदम माथि उठेर नगरवासीको सेवा गर्नुपर्छ । जनप्रतिनिधि भइसकेपछि जनताको आवश्यकता अनुसार काम गर्नुपर्छ ।

तपाईं नेपाली कांग्रेसको जिल्ला सभापति हुनुहुन्छ कसरी पार्टीभन्दा माथि उठेर काम गर्न सक्नुहुन्छ ?
मलाई नेपाली कांग्रेसले टिकट दिइरहँदा मैले पार्टीलाई सिरोपर गर्नुपर्छ । चुनावका बेला घोषणा पत्रपनि पार्टीकै नीति निर्देशन अनुसार बनाइएको हुन्छ । त्यसको लागि पार्टी आफ्नो ठाउँमा सम्मानित छ । बहुदलीय व्यवस्थामा उम्मेदवारहरु कुनै न कुनै पार्टीबाटै आएका हुन्छन् । त्योभन्दा पनि सम्मानित त यस नगरपालिकाका मतदाताहरु हुन् । पार्टीले टिकट दिँदैमा म नगर प्रमुख भइहाल्ने होइन । म निर्वाचित हुन नगरवासीले भोट दिनुपर्छ, त्यो मैले पाएको छु । अब मैले पार्टीभन्दा एकदम माथि उठेर नागरिकको भावना समेट्न सक्नुपर्छ । उहाँहरुको अमूल्य मतको अवमूल्यन गर्नुहुँदैन । त्यसमा मैले हेक्का पु¥याएर काम गर्नुपर्छ । म राजनीतिमा कमाउन र लिन आएको होइन, जनतालाई केही दिनको लागि आएको हुँ । हिजो म जनप्रतिनिधि नहुँदा पनि समाजसेवा अन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आएको थिएँ । आज मलाई यहाँका नागरिकले नगर प्रमुखमा निर्वाचित गराउनुभएको छ । अब मैले पार्टीको कार्यकर्ता होइन, जनताको सेवक बनेर काम गर्नुपर्छ ।
वार्षिक कार्ययोजनाहरु के के ल्याउनुभएको छ ?
यो गर्छु, त्यो गर्छु भनेर आदर्शका कुरा गरेर मात्रै हुँदैन । हामीले मिठा भाषण गर्ने र आदर्शका नारा लगाउने काम यसअघि धेरै ग¥यौं । तर, राजनीतिमा निश्पक्षता कायम गर्न सकेनौं । अबका दिनमा हामीले विकास निर्माणसँगसँगै जनताको मन छुन सक्नुपर्छ । त्यसको लागि केही न केही आकर्षक काम गरेर देखाउनुपर्छ । जनताको आयआर्जन बढाउने कामहरु अगाडि ल्याउनुपर्छ । सीपमुलक तालीममार्पmत दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । स्थानीय सीपलाई उत्दानमुखी बनाउनुपर्छ । कृषिलगायत घरेलु सीपलाई व्यवसायिक बनाउनुपर्छ । त्यसको लागि गरीव, जनताजाति, उत्पीडित, दलित, महिला, पिछडा वर्गको पहिचान गरी ठाउँ सुहाउँदो उत्पादनको पहिचान गर्नुपर्छ । त्यसो भयोभने सहुलियतमा अनुदान दिएर आयआर्जन बढाउन सकिन्छ । अबका जनता धेरै सोच्ने भइसकेका छन् । हिजोको जस्तो उधारो आश्वासन दिएर पत्याउनेवाला छैनन् । सीपमुलक तालीममार्पmत दक्ष जनशक्ति तयार गरी उत्पादनमुखी काममा अगाडि बढ्ने मेरो कार्ययोजना छ ।
गाउँ–गाउँबाट युवाहरु विदेसिने क्रम बढिरहेको छ, उनीहरुलाई स्वेदेशमै रोक्न स्थानीय सरकारले के गर्नुपर्छ ?
कुनै काम सम्पन्न गर्नको लागि सबैभन्दा ठूलो कुरा एकता चाहिन्छ । चुनावका बेला जुनसुकै पार्टीबाट टिकट लिएर उठेपनि जनप्रतिनिधि भइसकेपछि जनताको कामको लागि कार्यसमिति एकजुट हुनुपर्छ । महिलेका नेतृत्वमा आपूmले मात्रै जस लिने । वडा अध्यक्ष, सदस्यहरुलाई जस दिन गाह्रो मान्ने चलन छ । त्यसपछि यो पार्टी र त्यो पार्टी भनेर छुट्ट्याउने चलन छ । जुनसुकै पार्टीबाट टिकट लिएर उठेको भए तापनि भोट दिने जनता एउटै हुन् । हामी सबैका प्रतिनिधि हौं । त्यसमा मलगायत हामी सिंगो टिम नै कामप्रति जवाफदेही हुन जरुरी छ । अब हामीले काम गर्दा पारदर्शी ढंगले विकास निर्माणलगायत नगरपालिकाका सम्पूर्ण कामहरु निष्पक्ष भएर गर्नुपर्छ । त्यसको लागि म दत्तचित्त भएर सबै निर्वाचित साथीहरुसँग छलफल गरिरहेको छु । एकजनाको मात्रै प्रयासले कुनै पनि काम अगाडि बढाउन सकिँदैन । कुनैपनि परिणाममुखी काम गर्न सिंगो टिमको आवश्यकता पर्छ । त्यसपछि इच्छाशक्ति चाहिन्छ । आगामी दिनमा म सहित हाम्रो सिंगो टिम एकजुट भएर जनताले अनुभूति गर्नेगरी परिणामुखी काम गरेर देखाउँछौं । हिजोका दिनमा जसरी युवाहरु निराश भएर विदेसिने क्रम बढेको थियो । अब उनीहरुलाई स्थानीय स्तरमै सीपमुलक तालिममार्पmत स्वरोजगार बनाउने कार्ययोजना ल्याउने छौं । जसले युवाहरुलाई स्वदेशमै उद्यमसील काममा आकर्षित गरोस् भन्ने हाम्रो कार्ययोजना छ ।
स्थानीय जनप्रतिनिधिहरु एकदमै सुविधाभोगी र भ्रष्टाचारी भए भन्ने गुनासो छ नि यसलाई कसरी निमिट्यान्न पार्नुहुन्छ ?
अब त्यस्तो गुनोसो आउने गरी कुनै क्षेत्रमा अनियमितता हुँदैन । म मेयर भएदेखि अनौपचारिक काममा हिड्दा आफ्नै साधन प्रयोग गरेर हिड्छु । कुनै पनि औपचारिक कामबाहेक मैले नगरपालिकाको साधन, स्रोत प्रयोग गरेको छैन । गर्नेवाला पनि छैन । औपचारिक कार्यक्रममा मात्रै मैले नगरपालिको सधान प्रयोग गरेको छु । आउँदा दिनमा पनि नगरपालिकाको कामबाहेक कुनै पनि अनौपचारिक काममा नगरपालिकाको साधन प्रयोग गर्ने छैन । हिजोका दिनमा के÷कस्ता अनियमितता भए, म त्यतातिर जान चाहन्न । केही नराम्रा भए होलान्, केही राम्रा पनि भए होलान् । तर, तपाईंले उठाएको जस्तै जनताका धेरै गुनासाहरु बाहिर आएकै हो । त्यसबेला उपभोक्त समिति पनि वडा अध्यक्षले बनाउने, अनुगमन समिति पनि वडा अध्यक्षले बनाउने र बजेट विनियोजन गर्दा पनि दुई लाखभन्दा कममा अनुगमन नगर्ने भनेर आपूm–आपूm मिलाएर समिति बनाउने गरेको गुनासो त मैले पनि सुनेको हो । मलाई आधिकारिक रुपमा थाहा चाहीं भएन । तर, जनताको गुनासो प्रसस्तै थियो । भोलिका दिनमा त्यस्तो हुँदैन । हामी हिजोको जस्तो कनिका छराई बजेट पनि ल्याउँदैनौं । पादर्शी ढंगले समिति बनाएर मात्रै निर्णय गर्दछौं ।
तपाईंको कार्यकालका लागि दीर्घकालीन कार्यक्रम के छन् ?
पार्टी राजनीतिमा म नेपाली कांग्रेसको जिल्ला सभापति छु । तर, नगर प्रमुख भइसकेपछि नगरपालिकाको योजना बनाउँदा, ती योजनाहरुको वितरण गर्दा, ठाउँ छनोट गर्दा, जनतालाई प्रत्यक्ष लाभ हुने काम गरेर जनतालाई विश्वास दिलाउन चाहन्छु । त्यसरी काम गर्दा कुनै दलविशेषको नभएर विसुद्ध जनताको जनप्रतिनिधि भएर निष्पक्ष ढंगले काम गर्ने छु । म नगरपालिकाभित्र जाँदा दलको प्रतिनिधि होइन कि जनताको जनप्रतिनिधिको हैसियतले जाने छु । र, सबैको काम गरेर उपेन्द्र पोखरेल साच्चीकै जनप्रतिनिधि हो भन्ने देखाउन चाहन्छु । मकहाँ कामको लागि आउँदा सबैले निधक्क भएर आउँदा हुन्छ । म यो दल, ऊ दल नभनी सबैको निष्पक्ष ढंगले काम गर्छु । नगरपालिका सबै नगरवासीको हो । म उहाँकै काम गर्ने सेवक हुँ । उहाँहरुको सेवा गर्नु मेरो कर्तव्य र दायित्व हो ।
बाढीपहिरो र विपदव्यवस्थापनको लागि के व्यवस्था गर्नुभएको छ ?
त्यसको लागि म निर्वाचित भएर आइसकेपछि पहिला कमला नदी नियन्त्रण र विपद व्यवस्थापनको लागि हामीले पहिलो कार्यपालिकाको बैठकबाटै निर्णय गरेका छौं । त्यसको लागि तारजाली, रेस्क्युको लागि सेना, प्रहरी, रेक्रससँग सन्वय गरेर अगाडि बढ्ने सहमति गरेका छौं । त्यससँगै त्रिपाल, खाद्यान्न, भाँडाकुडाको व्यवस्थापनको लागि पनि तयारीमा जुटेका छौं । कतै पहिराले घर तान्न लाग्यो भने त्यसको उद्दारको लागि पनि तयारी गरेका छौं । बाढी टोलवस्तीमा छिर्न लाग्यो भने त्यसलाई रोकथाम गर्न तारजातीको तयारी गरेका छौं । यसरी मौसमअनुसार आइपर्ने विपदव्यवस्थापनको लागि हामीले उच्च महत्वका साथ तयारी थालेका छौं ।
विकास निर्माणमा खड्किको कुन ठाउँ देख्नुभएको छ ?
कुनै ठाउँविशेष भन्दा पनि सबैतिर भौगोलिक अवस्था अनुसार विविध समस्याहरु छन् । कमलामाई नगरपालिकाका सबै ठाउँमा आ–आफ्नै समस्याहरु देखिएका छन् । कुनैमा ठाउँमा बाटो कालोपत्रे गर्नुपर्ने, कुनै ठाउँमा खानेपानीको व्यवस्था गर्नुपर्ने, कुनै ठाउँमा बाटोको व्यवस्था गर्नुपर्ने, कुनै ठाउँमा बाटो पुगेर पनि राम्रो प्राधिविकहरुको कमी सञ्चालन हुन नसकेका, कतै ढल र नालाको व्यवस्था नभएर बाटो बिग्रिएका छन् । कतै पुल नभएर आवतजाओतमा समस्या देखिएका छन् । कतै घरपाएकमा विद्यालय नभएर विद्यार्थी स्कुल जानबाट बञ्चित हुनुपरेको छ । कतै जग्गाजमीन राम्रो छ तर सिंचाईको व्यवस्था नभएर बाँभैm बसेका छन् । कतै बाटो चाहीं पुगेका छ तर प्राविधिक र भौतिक संरचना गतिलो नभएर यातायातमा बाधा पुगेका छन् । कर्त खोलाले खतबारी, घरघडेरी कटान गरेर समस्यामा परेका छन् । यो चाहीं क्षेत्र ठीक छ भनेर चित्त बुझाउने ठाउँ छैन । यसरी हरेक क्षेत्रमा जनतालाई समस्याले गाँजेको देखेर म चिन्तित छु ।
समस्या देखेर चिन्तित हुनुहुन्छ तर समाधानका उपाय चाहीं के त ?
यस्तो हुनुमा चाहीं नगरपालिकामा जति कर उठ्छ त्यो भन्दा बढी खर्च हुनेगरी कर्मचारीदेखि अन्य भर्ती केन्द्र बनाउने गरेका यस्तो भएको जस्तो लाग्छ । कामभन्दा पनि एकदमै ‘ओभर स्टाफ’ राखिएको छ । यो हेर्दा मलाई पुरै भर्ती केन्द्र बनाइएको जस्तो लाग्यो । मैले कमलामाई नगरपालिकाका सबै वडाहरुमा देखेँ त्यहाँ जनताका पीरमर्का बुझ्ने र विकास निर्माण गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता र आसेपासेलाई जागिर खुवाउने भर्ती केन्द्र बनाएको पाएँ । यसभन्दा पहिला नगरपालिका र वडाहरुमा नजताको पसिनाबाट जम्मा गरिएको करबाट आफ्ना कार्यकर्ता, आफन्त पोस्ने गरेको पाएँ । जनताको काम गर्ने दक्ष जनशक्ति छैनन् । खाली जागिर खुवाउने काम गरिएको रहेछ । अब यो प्रवृत्तिको अन्त्य गरेर आफ्नो योग्यता, क्षमता र दक्षको आधारमा कामको प्रकृति हेरेर दक्ष जनशक्तिमार्पmत जनताको सेवा गर्ने थलोको रुपमा नगरपालिका र वडा कार्यालयको विकास गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *