रवि लामिछाने विरुद्ध उजुरी दिन चलचित्रकर्मी मनोज पण्डित पनि पुगे

राजनीति समाचार

काठमाडौं । पूर्व टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरीको क्रम चलेको छ । स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर शाहुले उजुरी दिएको केही समय नबित्दै उनले दर्ता गर्न खोजेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै चलचित्रकर्मी मनोज पण्डित सहितका व्यक्तिहरुले अर्को उजुरी दिएका हुन् ।

स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोशाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी पेश गरेका हुन् ।

‘स्वतन्त्र’ नामले स्वतन्त्र अभियानमा असर पुर्‍याएको भन्दै उनीहरुले सो पार्टीको दल दर्ता रोक्न माग गर्दै उजुरी दिएका छन् ।

‘‘स्वतन्त्र’ शब्दको आफैंमा महत्व रहेको र दलिय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरुलाई उत्पन्न असहज परिस्थितिको निर्माण हुनेछ,’ आयोगमा दर्ता गराइएको उजुरीमा भनिएको छ, ‘‘स्वतन्त्र’ शब्दको अर्थकै अपब्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौं ।’

लामिछानेले ‘स्वतन्त्र’ शब्द जोडेर पार्टीको नाम घोषणा गरेपछि पक्ष र विपक्षमा बहस भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *