७७ वर्षीया हजुरआमालाई हत्या गरी खाल्डोमा पुर्ने नाती पक्राउ

समाचार

खोटाङ । खोटाङको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या भएको छ ।

हत्याको आरोपमा उनकै नाती झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निरबहादुर खड्कालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

खोटाङ बराहपोखरी गाउँपालिका–५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा उनकै नाती निर बहादुर खड्काले हत्या गरेको खुल्न आएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा निर बहादुरले हजुरआमालाई वैशाख २६ गते इटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ ।

उनीमाथि कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *