मन्त्रिपरिषद् विस्तारको विवादले एकीकृत समाजवादीमा चर्कियो भाँडभैलो

राजनीति समाचार

काठमाडौं । गत जुठ २२ गते सरकारको एउटा घटक एकीकृत समाजवादीले अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले गरेको यो निर्णय अहिलेसम्म कार्यान्वय हुन सकेको छैन ।

यही कारणले गर्दा एकीकृत समाजवादीमा विवाद चर्किएको छ । एकीकृत समाजवादीका शीर्ष नेता र प्रधानमन्त्री शेरबहादुरबीच सम्बन्धमा चिसिन थालेको छ ।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले यससम्बन्धमा आक्रोश व्यक्त गर्दै आफ्नो पार्टीको तर्पmबाट सरकारमा रहेका मन्त्री हेरफेर गर्नु पार्टी सार्वभौम अधिकार हो भन्दै अहिलेसम्म एकीकृत समाजवादीले गरेको निर्णय अनुसार आफ्ना पार्टीका मन्त्रीहरु प्रधानमन्त्री देउवाले परिवर्तन गर्ने गरी मन्त्रिपरिषद् पुनर्गठन नगरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।

उता जेठ २२ गते संसदका विभिन्न समितिमा आगामी आर्थिक वर्षको वार्षिक बजेटमाथि छलफल भइरहँदा आपूmहरुलाई जानकारीसमेत नदिई हटाउने र नयाँ मन्त्री राख्ने भनेर सचिवालयले गरेको निर्णयप्रति अहिले कायम रहेका एकीकृत समाजवादीका मन्त्रीहरुले आक्रोश व्यक्त गरेका छन् ।

एकीकृत समाजवादीले निर्णय गरेलगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन नगरिदिँदा पार्टीभित्र विवाद चर्किँदै गएको छ । यसको चेपुवामा अध्यक्ष माधव नेपाल परेका छन् । किनभने अहिले कामय रहेका मन्त्रीहरु विभिन्न बहाना बनाएर पद छाड्ने पक्षमा छैनन् । तर, प्रस्तावितहरुलाई भने तत्काल मन्त्री पद नभइभएको छैन ।

एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्पmका मन्त्री हरेफेर गर्न गरेको निर्णयलाई प्रधानमन्त्री देउवाले संसद्का विभिन्न समितिमा बजेटमाथि छलफल चलिराखेको र मन्त्रीले जवाफ दिनुपर्ने भएकाले आगामी आर्थिक वर्षको वार्षिक बजेटमाथिको छलफल समाप्त भएलगत्तै मन्त्रिपरिषद् हेरफेर गर्ने आश्वासन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दिएका थिए ।

तर, बजेटमाथिको छलफल सकिएको सात दिन नाग्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नेतिर कुनै गृहकार्य गरेका छैनन् । प्रधानमन्त्री देउवाले राष्ट्रपतिको कार्यव्यस्ततालाई अगाडि सार्दै राष्ट्रपति कार्यालयबाट समय उपलब्ध भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने नयाँ बहाना एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग राख्न थालेका छन् ।

एकीकृत समाजवादी सूत्रानुसार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने पक्षमा छैनन् । मन्त्रिपरिषद पुनर्गठन गर्दा कांग्रेस र माओवादीलाई पनि समेट्नुपर्ने दबाबको कारण र सरकारको अर्को घटक जनता समाजवादीमा चर्किएको विवादका कारण प्रधानमन्त्री देउवा एकीकृत समाजवादीको प्रस्तावलाई सम्बोधन हुनेगरी मन्त्रिपरिषद् तत्काल पुनर्गठन गर्ने पक्षमा छैनन् ।

यसैकारण अहिले एकीकृत समाजवादीमा प्रधानमन्त्री देउवामाथि आक्रोश बढ्न थालेको छ । उता एकीकृत समाजवादीका तर्फबाट सरकारमा सामेल रहेका मन्त्रिहरुले राष्ट्रिय सभामा पनि आगामी वर्षको वार्षिक बजेटमाथिको छलफल समाप्त भएपछि समानुपातिक र समावेशी आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् ।

राष्ट्रिय सभामा बजेटमाथिको छलफल समाप्त भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न दिइएको सुझावलाई खराब नियतबाट ल्याइएको रुपमा एकीकृत समाजवादीका कतिपय नेताले बुझ्ने गरेका छन् । किन भने अबको केही दिनमा आमचिर्वाचनको मिति तय हुने र त्यसपछि मन्त्रिपरिषद् पुनर्गठन हुने प्रसंग नै समाप्त हुने बुझाइ उनीहरुको रहेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको विवादले एकीकृत समाजवादीको नेतृत्वमाथि यो गठबन्धनमा कायम रहने अलग हुने भन्ने विवादले प्रवेश पाएको छ । अध्यक्ष नेपाल अहिले पनि आमनिर्वाचनसम्म गठबन्धनलाई कायम राख्नुपर्छ भन्नेमा छन् भने वरिष्ठ नेता झलनाथ खनाल आफ्नो पार्टीले गरेको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुँदैन भने गठबन्धनमा बस्नुको औचित्य छैन भन्ने निष्कर्षमा पुग्न थालेका छन् ।

नेता खनालका अनुसार पार्टीले गरेको निर्णयलाई गठबन्धनको नेतृत्वले स्वीकार गर्नुपर्दछ । त्यसैगरी नेता नेपालले पछिल्लो समयमा कम्युनिस्ट मात्रको गठबन्धनको बहससमेतलाई अगाडि बढाउन थालेका छन् । र, त्यससम्बन्धमा उनी र नेकपा एमालका शीर्ष नेताबीच छलफलसमेत हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *