सार्वजनिक यातायातको भाडादर पनि घटाउने तयारी, आजैदेखि लागू गरिने

समाचार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि नै लागू हुने गरी सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम गरेर सार्वजनिक गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि भाडा घटाउने तयारी भएको बताए । ुसरकारले पेट्रोलियम पद्धार्थको मुल्य घटाएको छ । अब सार्वजनिक सवारीको पनि भाडादर समायोजन भएर नयाँ आउँछ ।ु९ घिमिरेको भनाइ रहेको छ ।

घिमिरिेले कहाँको भाडादर कति प्रतिशत घट्छ भन्ने बारेमा चाहीं केही खुलाएनन् ।

आज विभागको कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताइएको छ । विभागले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाको भाडादर समायोजनको जिम्मा भने प्रदेश यातायात कार्यालयको रहेको छ ।

सरकारले हिजो शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आजमात्र समायोजनबारे निर्णय गर्न लागेको छ ।

यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो ।

सरकारले शनिबार गएराति १२ बजेदेखि लागू पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *