अन्ततः प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिए

राजनीति समाचार

काठमाडौं । मन्त्रीबाट हटाए जे पनि हुने भन्दे नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका आलेले आइतबार पार्टी अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए । आलेले मन्त्री पदबाट राजीनामा दिएसँगै अरुलाई पनि दबाब परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *