आज एकिकृत समाजवादीबाट सामेल हुने नयाँ मन्त्रीहरुको सपथ हुँदै

राजनीति समाचार

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) को सिफारिसमा नियुक्त नयाँ मन्त्रीहरुको सपथ आज हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको शपथ आज हुन लागेको हो ।

आइतबार साँझ देउवाले नेपाली काँग्रेस, नेकपा ( माओवादी केन्द्र) र जनता समाजवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका चार मन्त्री र एक जना राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नव नियुक्त मन्त्रीहरूको शपथ सोमबार बिहान गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, यसअघि राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *