सनराइज बैंकद्वारा गरीब तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका९२ स्थित जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्र्थीहरुलाई स्कूल ब्यागलगायतका विविध शैक्षिक सामाग्रीहरु बैंकको मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्ग बहादुर सिंहले संयुक्त रुपमा वितरण गरेको बैंकले जनाएको छ।

बैंकले विद्यार्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *