८० अर्बको ठेक्कामा यौन काण्डका आरोपी

समाचार

काठमाडौं । गम्भीर यौन दुव्र्यवहारदेखि भ्रुणहत्याजस्तो गम्भीर आरोप लागेका सिंहदरबारका एक जना हाकिम नेपाल छाडे अमेरिकातिर भासिएका छन् । केपी ओलीदेखि शेरबहादुर देउवासम्मलाई रिझाएर सेक्युरेटी प्रिन्टिङ प्रेसमा हाकिम बन्ने अवसर पाएका विकल पौडेलमाथि भु्रणहत्याजस्तो गम्भीर आरोप लागे लगतै उनी अमेरिकातिर उडेका हुन । विकलले आफूभन्दा आधा कम उमेरकी महिलासँग सहमतिमै राखेको यौनसम्बन्ध र सहमतिमै गराइएको भु्रण हत्या विरुद्ध कानुनी उपचार खोज्ने महिलाको चेतावनी पछि नियुक्ति पाएको दुई महिना पछि नै उनी अमेरिकातिर हानिएका हुन । यस अघि केपी ओलीको राज छँदा उनका सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणवाला ७० करोड काण्डमा मुछिए । बार्गेनिङको अडियो टेप सार्वजनिक भएलगत्तै रातारात अमेरिका भासिएका उनी यो प्रकरण मत्थर भएसँगै स्वदेश फर्किएका थिए । वर्तमान सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले उनलाई पुनर्नियुक्ति दिएका थिए ।उनले पुर्ननियुक्ति पाएसँगै इम्बोइस्ड नम्बर प्लेटको फण्डा मच्चाए । चार वर्षअघि विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा सर्वोच्चले उल्टाइदिएको यो प्रक्रिया आगामी साउन १ गतेदेखि अनिवार्य गरिनुको पछाडि उनै विकलको रुचि रहेको बताइन्छ । विमलेन्द्र विभागीय मन्त्री हुँदा यातायातका हाकिम थिए मधुसूदन बुर्लाकोटी (हाल सचिव) उक्त सम्झौतामा हस्ताक्षर गर्न नमानेकै कारण उनलाई हटाएर चन्द्रमान श्रेष्ठलाई ल्याई यातायातमा ल्याएर फत्ते गरिएको थियो ।
अहिले इम्बोष्डको नाममा खेलो फड्को मच्चाउने उनै विकल हुन । विकलकै जोडबल र विनोद चौधरीहरुको इन्ट्रेष्टमा केही महिना अघिमात्र कनिष्ठ सुनिल पौडेललाई नेपाल टेलिकमको निर्देशिका नै परिवर्तन गरेर नेपाल टेलिकमको एमडीमा नियुक्त गरिएको छ । विचौलियाहरुको जोडबलमा सुनिललाई टेलिकमको हाकिम बनाइएसँगै अहिले नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा पौडेललाई लैजानका लागि बिचौलिया दिपक भट्टहरुको हात रहेको बताइन्छ । अहिले सुनिललाई नेपाल टेलिकममा पठाइनुको पछाडि नेपाल टेलिकमको प्रविधिसँग जोडिएको ८० अर्बको ठेक्कामा उनै बिचौलिया दिपकहरुको स्वार्थ रहेको हो भनिदैंछ । यसरी आइटीको हरेक सरकारी काममा एक पछि अर्काे बदमासी गर्दै आएका उनै सुनिलमाथि एक जना महिलाले भ्रुण हत्याको गम्भीर आरोप लागेकै केही दिनपछि उनी अमेरिका निस्किएका हुन । उसो त यस अघि पनि विकल तत्कालीन सञ्चारमन्त्री गोकुल बाष्कोटाको ७० करोडको अडियो काण्डमा डामिएका थिए । त्यतिबेला पनि अडियो काण्ड सार्वजनिक भएकै भोलिपल्ट उनी अमेरिकातिर उडेका थिए । अनि यो प्रकरणको उजुरी अख्तियारको प्रमुख आयुक्त प्रेम राईले तामेलीमा राखेपछि उनी स्वदेश फर्किएका थिए । अहिले पनि उनी उसैगरी आफूमाथिको काण्ड छरपष्ट भएकै भोलिपल्ट अमेरिकातिर हानिएका हुन । पौडेल अमेरिकाको पिआरधारी भएको बताइन्छ । अमेरिकाको पिआरधारीलाई ओली सरकारपछि वर्तमान सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारी कार्यालयका हाकिम बनाएर जग हसाउने काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *