जताततै बिचौलिया र तस्करीको जालो, सरकार तैंचुप मैचुप

राजनीति समाचार

काठमाडौं । नेपालमा २०७६ सालको कोरोनाको असरले गर्दा विदेशबाट रेमिट्यान्स कम भित्रियो । यसको असर नेपालको घरजग्गामा परिराखेको छ । आम नेपालीले घरजग्गा बन्धकी राखेर बैंकबाट ऋण निकाल्ने काम गरेका थिए र कतिपय व्यवसायीले सहकारीमा घरजग्गा धितो राखेका थिए ।

मालपोत कार्यालयमा धितो बन्धकी पनि राखेको अवस्था छ । बैंक र सरकारीले समेत ऋण छिटोभन्दा छिटो चुक्ता गर्न ताकेता गरिराखेको छ । मालपोतमा बन्दीकी राखिएको सूचना निकाल्ने काम भएको छ । सहकारीले दिने ब्याज र बैंकले लगानी गर्ने ब्याज एउटै रहेको बताइन्छ ।

अहिले अधिकाशं बैंकमा पैसाको अभाव देखिएको छ । बैंकिङ शाखामा कार्यरत कर्जा शाखाका कर्मचारी र बिचौलिया मिलेर डाँडापाखा भिर पहिरोको जग्गा माफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बैंकमा धितो राखेको अवस्थामा थियो । अधिकाशं नेपालीले धितो राखेको जग्गा बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको बताइन्छ ।

यस्तै बैंकिङ क्षेत्रबाट हुने ठगी नियन्त्रण गर्न कुनै पनि निकायले सकेको छैन । यस्तै च्याउसरी खोलिएका घर घरमा सहकारी नेपालीलाई रोजगारी भन्ने नारा दिएर खोलिएका सहकारी संस्थानले पनि जनताले खाई नखाई जम्मा पारेको र विदेशी बाट आफन्तले पठाएको पैसा सहकारीमा लगानी गर्दै आएका ब्याज खाँदै आएका र नेपालीले राखेको साँवा ब्याजसमेत सहकारीले फिर्ता गर्न सकेको छैन । सहकारी दिन नसकेपछि बिचौलिया खेल्दै आएका छन् ।

जनताले जम्मा पारेको सहकारीमा राखेको पैसा समेत सहकारीले फिर्ता दिन सकेका छैनन् । अहिले सहकारी विभागमा पैसा फिर्ता पाउँ भन्नेको लाइन लाग्ने गरेको छ भने एकातिर शेयरमा लगानी गर्ने शेयरधनी मर्कामा परेका छन् । अर्काेतिर सहकारीमा पैसा जम्मा गर्ने व्यक्ति मारमा परेका छन् । बैंकले धमाधम लगानी गरेको पैसा उठाउन ताकेता गरेको छ ।

अधिकाशं बैंकमा पैसाको अभाव भएको बताइन्छ । यस्तै उदाहरणको लागि एक जना व्यक्तिले १० लाख दिनमा निकाल्न जाँदाखेरी घन्टौंसम्म कुर्नुपर्ने भएको छ । यस्तै हालत सहकारीमा देखिँदै आएको छ । कतिपय व्यापारी र बिचौलिया मिलेर मिटर ब्याजमा लगानी गरिराखेका छन् । मिटर ब्याजमा लगानी गर्ने व्यक्ति फस्टाएको छ ।

मिटरब्याजमा ४० देखि ६० प्रतिशतमा ब्याजमा लगानी गरेको पाइन्छ । आम नेपालीले बैंक र सहकारीमा आफ्नो जायजेथा बैंक र सहकारीमा राखेर विदेश जान वा अन्य क्षेत्रमा लगानी गर्न ऋण माग्दा समेत बैंकले ऋण दिन सकेको छैन ।
अहिले जताततै बिचौलिया सल्बलाएका छन् भने सरकार पनि बिचौलियाले चलाएको हो कि भनने भान आम नेपालीलाई परेको अवस्था छ ।

बिचौलिया मालपोत, नापी, बैंक, सहकारी, फाइनान्स, न्यायालय, प्रहरी कार्यालयजस्ता क्षेत्रमा बिचौलिया हावी भएको देखिन्छ । मालपोतमा लेखन्दास हावी भएको देखिन्छ । यस्तै यातायात कार्यालयमा बिचौलिया र गाडी तस्कर, गाडी व्यापारी, कर्मचारीदेखि बैंक माफिया बढी सक्रिय भएको देखिन्छ । यातायात कार्यालयमा गाडी खरिद बिक्री, नामसारी, रुट परमिट विदेसीकरण, नेपालीकरण जस्तो काममा बिचौलियाले खेलिराखेका छन् ।

नापी कार्यालयमा भूमाफियाले खेलिरहेका छन् । जग्गाको कित्ताकाटमा करोडौं लेनदेन भएको पाइन्छ । यसरी जताततै बिचौलिया हावी भएको देखिन्छ । यस्तै एयरपोर्ट भन्सारमा बिचौलिया र प्रहरी मिलेमतोमा लागुऔषध ओसारपसार भएको बताइन्छ । यस्तै सुन तस्करीले लुकाईछिपाई नेपालबाट भारतमा सुन तस्कर गरेको बताइन्छ । प्रहरीको यस्तो कुरामा ध्यान जाँदैन ।

सुन ओसारपसारदेखि लागुऔषध ओसारपसार गर्नेलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । यस्तै विभिन्न बहाना प्रयोग गरी चीनबाट सुन ओसारपसार गरिरहेको बताइन्छ । यस्तै बैंक माफिया सिभिल बैंकका सञ्चालक इच्छाराम तामाङको मुद्दामा न्यायालयभित्र बिचौलियाले खेलिरहेका छन् । बैंक माफिया र जग्गा माफिया, सुन माफिया, लागु औषध माफियाले खेलेको हो कि भन्ने भान नेपाली जनतालाई परेको छ ।

सरकार यस्तो काममा फसेको छ । सरकारले स्थानीय निर्वाचन सम्पन्न गरेपनि व्यापारीले कालोबजारी चलाएका छन् । सरकारले बजार मूल्य नियन्त्रण गरेको छैन । सरकार एकपछि अर्काे बहाना गरी बसेको छ । सरकारले कडा खालको नीति नियम लागू गरेको छैन । खाली जनतालाई ढाँट्ने काम गरिराखेको छ । ठोस उपलब्धी हासिल गर्न सरकारले सकेको छैन । जताततै बिचौलिया हावी भएका छन्, यसको रोकथाम कसले गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *