पञ्यायती व्यवस्था ढल्ने बेलामा ू सबै पञ्च नेपाली र सबै नेपाली पञ्च ू भन्ने राजनीतिक नारा जोडतोडले प्रचार प्रसार गरिएको थियो । उक्त व्यवस्था ढलेको पनि निकै बर्ष भईसक्यो त्यसैले धेरैको मानसपटलबाट उक्त स्मृति पनि मेटिएको हुन सक्छ । अहिले नेपालमा बहुदलिय व्यवस्था आएको पनि तीन दशन भईसक्यो तर नेपालको हालत उस्तै छ । नेपालको राजनीतिक व्यवस्था त बदलियो तर नेपाली जनताको आर्थिक अवस्था बदलिएको छैन उस्ताको उस्तै छन । सारंशमा भन्नुपर्दा पुरानो बोतलमा नयाँ रक्सी भरेको जास्तो मात्रै अनुभूति हुँदैछ । पञ्चहरु सत्ताबाट बाहिरिए भने उक्त खाली ठाउँ भर्न बिदेशीले पालीपोषित गरी उचालेको दलहरु सत्तामा आएका छन । राजनीतिक नाराहरु बदलिए पनि सोच संस्कार उही परानो नै कायम छन । नेपाली जनताको खुशी र सुस्खको महासत्रु मानिने ठालु सोच झन शिखरमा पुगेको देखिन्छ । दलका नेताहरुले नेपाली जनता सबैलाई खुशी र सुखी बन्नको लागि आफ्नै राजनीतिक दलको झोले बन्नु पर्ने निर्विकल्प सहितको महाविकल्प दिएका छन । नेपालमा दलहरुको राजनीति काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेको जस्तो अवस्था प्रवेश गरी सकेको छ । दलका नेताहरुको ध्यान राष्ट्रको सुरक्षा, समृद्धि र नेपाली जनताको खुशी अनि सुस्खमा केन्द्रित छैन । उहाँहरुले अगाडि सारेका त्यस्ता आर्थिक उन्नतीका नाराहरु केवल राजनीतिक दाउपेच मात्रै सावित भएका छन । राजनीतिक दलहरुले देखाएको वास्तविक कार्य व्यवहारबाट उहाँहरु नेपाल राष्ट्र र नेपाली जनता प्रति समर्पित भएको वा रहेको कतैबाट पनि पुष्टी हुँदैन । दलहरु जति भरोषा बिदेशी माथि गर्दछन त्यति भरोषा नेपाली जनता माथि गरेको भए अहिले नेपालको व्यवस्था र अवस्था दुबै बद्लीसक्ने थियो । अहिले नेपालको वास्ताविक सत्ताधारी भानेको बिदेशीका दलालहरु नै हुन । बिदेशीले तालिम दिएर पठाएका दलाल तस्कर नाफाखोर व्यवसायीहरु र व्यापारीहरु अहिले नेपालै भरी सक्रिय हुँदै दलका नेताहरुलाई आफ्ना व्यवसायीक वा व्यापारिक मोडेलको रुपमा प्रयोग गरीरहेका छन । दलका नेताहरु आवश्यकता भन्दा बढी बिदेशमूखि हुनको पछाडि यहि नै मुख्य कारण रहेको प्रमाणित हुन्छ । आवश्यकता भन्दा बढी नै बिदेशीका प्रभावमा परेका यस्ता दलका नेताहरु देशद्रोही गद्धार बराबर नै भएकाले तिनीहरुको नेतृत्वमा नेपाल सुरक्षित रहन सक्दैन र नेपाली जनता कहिले पनि सुखी बन्दैन भनी नेपालका विज्ञ जानकारहरुले बारबार आगाह गरेको गरेका नै छन । तर दुस्ख लाग्दो कुरा नेपालको राजनीतिमा के भईरहेको छ भने नेपाली जनताको घोर बिरोधको बाबजुद पनि दलका नेताहरुले नेपाली जनताले दिएका महत्वपूर्ण सुझावहरु ग्रहण गरेको छैन र आफ्नै राजनीतिक रकमी पाराले त्यसको समाधान खोज्दै भीर तिर लगातार लागेका लागेका नै छन । नेपालीको उखान जस्तो भीरमा जाने गाईलाई राम भन्न सकिन्छ तर काँधै थापेर बचाउन भने सकिन्न भन्ने छ । कमिलालाई काल आए पछि उस्को जीउमा पंखा निस्किन्छ र दुलाबाट निस्केर हावामा उडेर सैर गर्न थाल्छन । त्यो नै उसको अन्तिम हावाको सैर पनि हुन्छ किनकि पंखा उड्दा उड्दै झर्छ र उडानमा निस्केका सबै कमिलाहरु मर्छन । नेपालका राजनीतिक दलका नेताहरुलाई पनि बिदेशीले त्यस्तै अस्थायी पंखा जडान गरीदिएका छन त्यसैले त्यो नखस्दा सम्म उहाँहरुले हावामा उडान भर्न नछाड्ने नै भए । जसरी पञ्चायती सत्ताको अन्तिम अवस्थामा सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भन्ने अहंकारले छोएको थियो त्यसरी नै अहिलेका दलका नेताहरुलाई पनि छोएको छ । नेपालमा लाखमा दलका राजनीतिक कार्यकर्ताहरु होलान भने करोडमा नेपाली जनता छन । पानी भित्र बसेका माछाहरु जस्तै नेपालका राजनीतिक दलहरु हुन । पानीमा ब्लास्टिङ पड्काएमा, करेन्ट लगाएमा वा बिष हालेमा माछाहरु सबै पर्छन तर पानी संगालिएर गई पहिले कै अवस्था परिनत हुन्छ । जसरी माछा र पानीको बिच फरक हुन्छ त्यसरी नै नेपाली जनता र दलहरुको बिच पनि फरक छन । त्यसैले सबै दलहरु नेपाली र सबै नेपाली दल भन्ने सोच सर्वदा गलत छ । सबै उपेक्षित नेपाली र नेपालको सबै उपेक्षित भूभागको समान आर्थिक उन्नती हुनु नै बिकास हो । दलहरु वा केहि दलका नेताहरु वा उहाँहरुका पछि लागेका केही दलाल व्यापारीहरु र व्यवसायीहरुको आर्थिक उन्नती हुनुलाई वास्तविक बिकास कुनै हालतमा पनि कसैले मान्दैन । दलहरुले हचुवाको भरमा राजनीतिक निर्णयबाट योजना छानी गरेको बिकास त बिकास नभएर लुट हो । अहिले सम्म पनि नेपालमा आर्थिक उन्नतीबाट उपेक्षित धेरै भूभागहरु छन । उक्त क्षेत्रको राजनीतिक प्रतिनिधि कमजोर भएबाट वा अरु नै कुनै कारणले बिकासे परियोजनाहरु ल्याउन सक्दैन फलस्वरुप मुलुकको उक्त भूभाग संधै उपेक्षित भई नै रहेको हुन्छ । राष्ट्रको बिकास परियोजनाहरु र बजेटको ठुलो हिस्सा दलका ठुला नेताले आफैले नेतृत्व गरेको बिकसित क्षेत्रमा नै लगेर लगानी गराउँछन । अरुलाई पनि जस्तो सकिन्छ जति सकिन्छ सानातिना भ्यूटावरहरु बानाए खावो भनी बजेट लगानी दिन्छन तर ठुला नेता स्वयमले भने बहुअरब लगानी गरी व्यापारिक मल सहितको भ्यूटावर बनाउने बजेट लान्छन । यो कस्तो बिकास हो जसबाट दलहरुले नेपाललाई समृद्ध मुलुक र नेपाली जनतालाई सुखी बनाउछौ भन्दैछन रु नेपाली जनताले यस्तो बिकासको बिरोध गरेको गरेकै छन तर दलका नेताहरुले टेरपुच्छर लगाएको छैन । अझ पनि कैयौ पालिकाहरुका जनप्रतिनीतिहरुले भ्यूटावरको शिलान्यास गरेकोगरेकै छन । नेपाल अहिले आर्थिक संकट उन्मुख मुलुक बनेको छ । यस्तो बेलामा पनि दलका नेताहरुको होस नखुल्नु अचम्म लाग्दो कुरा नै हो । मुलुकको बजेट भ्यूटावारहरु बनाउनमा लगानी गर्ने अनि त्यसबाट मुलुकको आर्थिक सम्बृद्धि खोज्ने त्यो कसरी संभव होला रु फेरि मुलुकै भरी बनाएका सपिङ्ग मलहरुमा बिदेशी समानहरु आयात गरी बेच्नको लागि बिदेशी मुद्रा डलर चाहिन्न कि क्या हो रु त्यो सपिङ्ग मलहरु नेपाली सामानहरु बेच्नको लागि त पक्कै बनाएको होइन होला रु दलहरुलाई नेपाली जनताले यसरी संकट माथि संकट थप्दै देश चलाउनको लागि त पक्कै पनि सत्ता सुम्पेको होइन होला रु योजना पनि नभएको लक्ष पनि नभएको यस्ता दलहरुको काम कार्यबाहीबाटै प्रष्ट हुँदै आएका छन । सबै नेपाली जनता न कम्युनिष्ट छन, न काँग्रेस नै छन, न पहिले पञ्च नै थिए । नेपाली जनता हिमनदीको पानी जस्तै कञ्चन र सफा छ । दलहरुको भ्रष्टाचार र अपराध जन्य क्रियाकलापहरुबाट केही समय धमिलिएको मात्रै । दलहरु भन्दा बढी देशभक्त र राष्ट्रको सुरक्षामा बढी सक्षम पञ्चहरु नै थए । देशभाक्तिलाई राजभक्ति र पञ्चायतको भक्ति सित जोड्न खोजेको हुनाले नै पञ्चहरु बिदेशीले उचेलेका दलहरुको सानो अन्दोलनबाट नै सत्ताच्यूत हुन पुगेका हुन । दलहरु सबै बिदेशको भक्तिमा लागेको हुँदा उनीहरुको नीति देखि लिएर राजनीतिक उद्देश्य र लक्ष सम्म बदलिएका छन । अहिले दलहरुको संसोधित उद्देश्य र लक्ष भनेको बिकासको नाममा बिदेशी दान, अनुदान ऋण लिएर मजाले हसुर्ने मात्रै रहेको देखिन्छ । त्यहि लगानीको बलमा बिदेशीले नेपालको राजनीतिमा गर्दै आएको नाङ्गो हस्तक्षेप बारे सामान्य अडान लिन पनि दलहरुले सकीरहेका छैनन् । दलहरुले बिदेशीको दबाबामा परी लिएको नीतिहरु कै कारण नेपाल राष्ट्र आर्थिक संकटको चपेटामा पर्दै गएको छ । नेपालमा सामान्य अवस्थामा बिदेशीले नेपालको बिकास र राजनीतिमा बिश्व बैंक, एशियाली बिकास बैंक र बिदेशी गैरसरकारी संस्थाहरु मार्फत हस्तक्षेप गर्दै आएका छन । सोझा नेपाली जनताले बिदेशीको यो चाल पहिले बुझ्न सकेनन् । पहुनालाई भगवान बराबार मान्ने सोझासिधा नेपाली जनताको नेतृत्व गर्ने दलका नेताहरुलाई लोभमा पारी नेपाली धर्म, साँस्कति र परम्पराको जगमा नै प्रहार गर्न बिदेशीहरु सफल भएका छन । नेपालमा राजतन्त्र नै रहेको भए बिदेशीको सामु कहिले झुक्ने थिएन र बिदेशीको दबाबमा परी नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन कहिले मञ्जुर गर्ने थिएन । सबै नेपाली दलहरु होईन त्यसैले राष्ट्रको लागि हुने महत्वपूर्ण बिषयको निर्णय गर्दा सार्वभौम नेपाली जनतालाई सामेल गराउन सकिने जनमत संग्रह गरी टुंगा लगाउने परम्परा थाल्नु अनिवार्य भएको छ ।