ट्रेड टावर लिमिटेडले माग्यो आईपिओ निष्काशन गर्न अनुमति

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ट्रेड टावर लिमिटेडले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै आवेदन पेश गरेको छ ।

कम्पनीले आज असार १४ गते बोर्डमा आवेदन बुझाएको हो ।

कम्पनीले टेड्र टावर लिमिटेडको धितोपत्र दर्ता र विवरणपत्र स्वीकृतका लागी नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको र ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुत्ति गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *