अन्ततः राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

राजनीति समाचार

काठमाडौं । विवाहित युवासँगको अवैध सम्बन्धको चर्चा र आफ्नै हर्कतको कारण विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छिन् । उनले बुधबार मुख्यमन्त्री कुल प्रसाद केसी समक्ष राजीनामा दिएकी हुन् ।

जेठ ३१ दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेको थिया । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो ।

बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको थियो । बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *