शेखर कोइराला पक्षका नेताहरूको बैठक आज पनि बस्दै

राजनीति समाचार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला पक्षको बैठक आज पनि बस्दैछ । बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक पुनः आज दिउँसो २ बजे बस्न लागेको हो ।

शुक्रबारको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालेको थियो । १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए ।

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् । देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नबोलाएको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै कोइरालानिकट नेताहरूले असन्तुष्टि जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *