रविलाई शुद्ध घण्टी दिन नमिल्ने भएपछि गोलाकारमा स्वीकृति

राजनीति समाचार

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामाछिानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई घण्टी चुनाव चिन्ह दिन नमलिेपछि गोलाकारभित्र राखेर दिइएको छ । शुद्ध घण्टी अर्कै दलको नाममा रहेको देखिएपछि लामिछाने नेतृत्वको दललाई गोलाकार भित्रको घण्टी चुनाव चिन्हका रुपमा प्रयोग गर्न अनुमति दिइएको हो ।

शुद्ध घण्टी यसअघि नै राष्ट्रवादी पार्टीका नाममा दर्ता रहेको तथ्यांक आयागमा रहेको थियो । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा विलय भएपछि उक्त दिनदेखि सो चुनाव चिन्ह फ्रिजिङको प्रक्रियामा गएको थियो । आयोगले व्यवस्था गरेको राजनीतिक दल सम्बन्धी ऐनमा कुनै पनि दलको चुनाव चिन्ह फ्रिजिङको प्रक्रियामा गएपछि एक वर्षसम्म अरु दलहरुले प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ७ को प्रावधानअनुसार ‘दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन’ भनिएको छ ।

रविको माग बमोजिम आयोगले पार्टीको नामम भने स्वीकृत गरेको छ । शुक्रबार आयोगले लामिछानेलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।

असार ८ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *