कम्युनिष्ट एकताका लागि कस्सिए गौतम

राजनीति समाचार

काठमाडौं । गत वर्षको भदौमा नेकपा एमोलमा विवाद चर्किएर माधवकुमार नेपाल पार्टीबाट अलग्गिँदै एकीकृत समाजवादी पार्टी गठन गरेदेखि नै एमालेका उपाध्यक्ष वामदेव गौतम सक्रिय राजनितिबाट किनार लागेका थिए । पार्टीका शीर्ष नेताहरु बीचमा उत्पन्न भएको विवादमा आफू कतै पनि संलग्न नहुने भन्दै वामदेव गौतमले एमालेको उपाध्यक्ष पददेखि साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।

लगभग यही नै वर्ष सक्रिय राजनितिबाट अलग रहेका र कुनै दलसँग सम्बन्ध नबनाएका वामदेव गौतम यही असार १४ गते आफ्नो नेतृत्वमा नेकपा राष्ट्रिय एकता अभियान पार्टी गठन गर्ने घोषणा गरेका छन् । नेता गौतमले आफ्नो नेतृत्वमा गठन भएको नेकपा राष्ट्रिय एकता अभियान पार्टीको प्रमुख कार्यदिशा अहिले विवादित अवस्थामा रहेका कम्युनिष्ट पार्टीहरुलाई पुनःएकीकरण गर्ने रहेको बताएका छन् ।

यस क्रममा नेकपा राष्ट्रिय एकता पार्टीका संयोजक गौतमले यो पार्टी घोषणा गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अहिले विवादित अवस्थामा रहेका कम्युनिष्ट पार्टीहरुका बीचमा एकता गर्ने सम्बन्धमा छलफल गरेका छन् । संयोजक गौतमले अन्य कम्युनिष्ट पार्टीका शिर्षनेताहरुसँग पनि एकताका लागि यसै गरी छलफल गर्ने आफ्नो योजना रहेको बताएका छन् ।

अहिले कम्युनिष्ट शक्ति विवादित भएको कारण यसको फाइदा नेपाली कांग्रेसले उठाइरहेका र कांग्रेसको नेतृत्वमा सरकार गठन भएको उल्लेख गर्दै अब पनि कम्युनिष्ट शक्तिहरुका बीचमा एकता नभए आगामी आम निर्वाचनमा पनि नेपाली कांग्रेसले राजनिति फाइदा उठाउने भन्दै कम्युनिष्ट नेता गौतमले आगामी आम निर्वाचन अगाडि विवादित अवस्थामा रहेका कम्युनिष्ट पार्टीहरुका बीचमा एकता हुनुपर्ने आगामी आम निर्वाचनमा संयुत्त रुपमा मैदानमा उत्रनुपर्ने विचार राख्न थालेका छन् ।

आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरेसँगै विभिन्न कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण गर्ने अभियानमा गौतम लागेसँगै नेपालको कम्युनिष्ट कित्तामा हलचल उत्पन्न भएको छ ।

विचार विमर्शको अभिबद्धकोक्रममा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड बीचमा एकीकरण हुनुपर्ने गौतमको प्रस्तावलाई सकारात्मक मानेका भएपनि तत्काल ठुला कम्युनिष्ट पार्टीहरुका बिचमा एकता र एककिरण हुने सम्भावना भने छैन । गौतमले आफ्ना नेतृत्वमा गठन गर्ने नेकपा राष्ट्रिय एकता पार्टीमा ७५ जना केन्द्रिय सदस्य र १५ सदस्य स्थायी समिति गठन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *