प्रतिनिधि सभाको बैठक बस्दै

राजनीति समाचार

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसदभवनमा बस्नेछ। बैठकका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका केही विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्। राष्ट्रिय सभामा उत्पत्ति भएका तीन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।

यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेपालको संविधानको धारा ५३ एवम् सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७ र ७८ पेस गर्ने कार्यसूची रहेको छ।

के के छ कार्यसूची ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *