एकै परिवारका ६ जनाको हत्यामा संलग्न ४ अभियुक्तलाई आजीवन कैद सजाय

समाचार

काठमाडौं । संखुवासभा जिल्ला अदालतले जिल्लाको मादी नगरपालिका १ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यामा संलग्न ४ अभियुक्तलाई आजीवन कैद सजाय ठहर भएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चारजनालाई आजीवन कारावास सजाय सुनाइएको हो ।

अभियोग प्रमाणित भएका चारै जनालाई आजीवन कैद र प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति तिराउने फैसला अदालतले गरेको छ । हत्यामा संलग्न रहेको अभियोगमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुर कार्की र उनका बुबा ४९ वर्षीय रणबहादुर कार्कीलाई अजीवन कैदको फैसला भएको हो ।

१७ वर्षीय नरेश कार्कीलाई १६ वर्ष तीन महिना कैदको फैसला भएको छ । २०७८ भदौ २१ गते बिहान साढे ५ बजेतिर खोलागाउँका ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५५ वर्षीय तेजकुमार कार्की, बुहारी ५४ वर्षीया मनमाया कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षीय दिपेन कार्की र पनातिनी ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *