लामिछानेलाई नत्पाइएको स्वतन्त्र मोर्चा

समाचार

काठमाडौं । ठुला दलको गल्तीको कारण जनताले दलहरुलाई दिएको सजाय एकपटक जुर्मुरायो र फेरी उर्लेने गतिमा छ । पार्टीविरुद्ध पार्टी नै हो । तर रवि लामिछानेको स्वतन्त्र पार्टी र त्यहाँ जोडिएका अनुहारसँग असहमत जमातले १६५ निर्वाचन क्षेत्रलाई टार्गेट गर्दै उम्मेद्वार मात्र होइन, निर्वाचनको बेला जारी गर्ने प्रतिबद्धतासमेत साझा बनाउने तयारी गरेको छ । लामिछानेको हैसियत कमजोर बन्दैछ । आर्थिक सवालमा जोडिएको विवादित पक्षमा रवि जोडिएका छन् । लिडर छनौट कार्यक्रम बापत उठाइएको ३५ हजार शूल्क रकम होस् वा अरु कुरा रविको छवि टेलिभिजनको प्रस्तोताबाट छलछामतिर उदांगिदै गएकोले स्वतन्त्र पार्टी स्वतन्त्र मात्र बन्दैछ ।
जहाँ विचार छैन, सिद्धान्त छैन, लक्ष्य र उद्देश्य छैन, दलगत दस्तावेजले मात्र केही गर्दैन । व्यक्तिको आचरण र व्यवहार संगतले देखिन्छ । रविसँगको जोडीहरुले के कति कमाई गरे तिनले त्यसको खर्च गर्नको लागि बालुवामा पानी सिञ्चित गर्न आएका हुन् । दलहरुले समाज बिगारेका छन् । बिग्रेको समाजमा काठमाडौं शहरमा महोत्तरीका बालेन साहले चुनाव जितेर एमाले र कांग्रेसका जमिन्दारलाई चुनौती दिएकै हुन् । तर कसैको साथ बिना एक्लो बालेनले पाइला चाल्न सक्दैनन् । काठमाडांै महानगर भित्रको अव्यवस्थित दिनचर्या सुधार्न चिर्न जमिन्दारको साथ लिनैपर्छ ।
महानगरको सडक फोहोर पानी, बिजुली जस्ता तत्कालीन देखिने र शिक्षा, स्वास्थ्यजस्ता नीतिगत सुधार गर्नुपर्ने योजना पनि आएको छैन । फुटपाथे व्यापारीले सहरको सौन्दर्य बिगार्छ । जहाँ आवश्यकता त्यहाँ उपाय निस्कन्छ । शौचालयको संकट ट¥यो । त्यसबापत महानगरले साथ र सहयोगको प्रकार आउला । तर काठमाडौंबासीको चेतनास्तर कम छैन । किनकि यही ठाउँ हो जहाँ दरबारलाई झुक्याएर नानी मैयाहरु सांसद भएका थिए । त्यो अवस्थाको चिनारी युवा इन्जीनियर बालेन मात्र भएर पुग्दैन । त्यसैले गुठी अभियन्ता समुन मानन्धरहरुको अभियान आएको छ । त्यो केवल एमाले कांग्रेसलाई झकझक्याउने मात्र हो । व्यवहार उस्तै छ, मान्छे तिनै हुन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता जे भने पनि पार्टीहरु परिवर्तनको पक्षधर भएर विकास र समृद्धिका बाधक बन्नु हुँदैन ।
सहरमा पस्न नसकेको माओवादीले सहरमा संगठन बनाउन सक्दैन । किनकि माओवादी भेलबाढी बनेर आयो । कांग्रेस र एमाले काठमाडौंको जरुवा पानी भए । जुन पानी खानको लागि योग्य हुँदैन । मौका स्वतन्त्रले पाउनुको कारण नै एमालेबाट निर्वाचित विद्यासुन्दरको ५ वर्षे कार्यकालको मूल्यांकन हो । शाक्यलाई सपना बाँड्नकै लागि ल्याइयो । त्यस्ता सपना केपी ओलीले पनि निकै बाँडेका थिए । मेट्रो रेल महानगरको असफल योजना थियो । घर घरमा ग्याँस, पानी जहाज, पूर्वपश्चिम रेल, हावाबाट बिजुलीजस्ता फन्टुसे योजनाको कल्पना गरेका केपी ओलीको हविगत पनि देखिएकै छ । स्वतन्त्रले पराजित गर्न त्यस्तालाई सक्नुपर्छ जसले नेकपालाई फुटाउन सहयोग पु¥याए । कम्युनिष्टको बद्नाम गरेर ४१ महिनासम्म मुलुकमा एकलौटी सरकार चलाई राज्यकोषमा रजाइँ गरेर कानूनको धज्जी उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *