अर्थका कर्मचारी हुन् कि चौधरी ग्रुपका

समाचार

काठमाडौं । तामाकोशी सन्देशले यस अघि नै अर्थ मन्त्रालयमा रहेका कर्मचारी चौधरी ग्रुपबाट मासिक रुपमा तलब बुझ्ने गरेको समाचार सार्वजनिक गरेका थियौं । त्यहाँका नायब सुब्बादेखि सहसचिव सचिव तहसम्मका कर्मचारीहरुलाई चौधरी ग्रुपले मासिक तलब दिएर आफू अनुकुलको नीति बनाउन लगाउनेदेखि गलत नीति आएमा रोक्ने काममा समेत चौधरी ग्रुपले यस्ता कर्मचारी प्रयोग गर्दै आएको थियो । यो समाचार हामीले केही बर्ष अघि नै प्रकाशित गरिसकेका छौं । नभन्दै अहिले अर्थमन्त्री जर्नादन शर्माको कुर्सी हल्याइदिने एक जना नासु नै विनोद चौधरीको चौधरी ग्रुपको तलबी कर्मचारी रहेको रहष्य खुलेको छ । हालैमात्र २०७९÷८० को बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर करिब ७५० बस्तुको कर परिवर्तन गर्ने पूर्व नासु रघुनाथ घिमिरे चौधरी ग्रुपका कर्मचारी भएको खुलेको छ । जतिखेर नविन घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त थिए । त्यही समय अकुत आर्जन भएका भ्रष्ट कर्मचारीहरुलाई हठ्याउने काम प्रारम्भ गरे । नविनले भ्रष्ट कर्मचारीहरु उपर एक्सन लिएलगतै राजश्वका कर्मचारीको भागाभाग भयो । धेरैले राजीनामा दिए । त्यतिबेला राजस्वका हाकिम थिए दिर्घराज मैनाली । मैनालीले राजश्वको कमाण्ड २९ महिना सम्हाल्दा झण्डै दुई दर्जन कर्मचारीले राजीनामा दिएका थिए । तीमध्य अग्रपक्तिंमा राजीनामा ठोक्नेमा उनै रघुनाथ थिए । जागिरे जीवन दश वर्ष बाँकी छँदै नासु तहका कर्मचारीको राजीनामलाई धेरैले अकुत आर्जनमा डामिने डरलाई नै मुख्य कारक मानेक थिए । जागिरे जीवनमा रहँदा अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व, भन्सार, राजस्व अनुसन्धान सबै निकायमा काम गरे । २०७५ फागुन १ गते सेवा अवधि करिब १० वर्ष बाँकी रहँदा राजीनामा दिएका उनी २०५३ जेठ ८ गते नुवाकोट जिल्ला विकास समितिअन्तर्गत गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी)का रूपमा सरकारी सेवामा प्रवेश गरेका पात्र । सेवामा छिरेकै बर्ष चैत १२ गते उनले कर कार्यालय काठमाडौंमा खरिदार पदमा सरुवा मिलाएका थिए । र जागिर छाड्ने वित्तिकै उनले चौधरी ग्रुपमा नियुक्ति पाउनुले चौधरी समूहसँग उनको पूरानो कनेक्सन रहेको पृष्टि गर्दछ । उनै घिमिरेले चौधरी ग्रुपले ल्याउन लागेको गाडीलाई सहज हुने गरी काम गरेको र रातारात अर्थ मन्त्रालयमा छिरेर करको दर फेरे वापत दुई वटा गाडी उपहार लिन लागेको अहिले अर्थ मन्त्रालयतिर चर्चा चल्ने गरेको छ । घिमिरे त एउटा प्रतिनिधि पात्र मात्र हुन अर्थ मन्त्रालयदेखि हरेक मन्त्रालय र नेपाल राष्ट्रबैंक,बीमा समितिजस्ता हरेक नियामक निकायमा व्यापारी तथा उद्योगीहरुको पेइड (तलब खाने) कर्मचारीहरुको बोलबोला रहेको र उनीहरुकै स्वार्थ अनुकुल काम गर्ने गरेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *