गठबन्धनभित्र एक आपसमा धम्कीको राजनीति

समाचार

सम्पादकीय

सम्पन्न स्थानीय निर्वाचनमा सरकारमा रहेका पाँच दल नै गठबन्धन बनाएर जाने निर्णय गरेका थिए र यो चुनावी मोर्चाबन्दीको राम्रो परिणाम पनि प्राप्त गरेका थिए । तर गठबन्धन मार्फत् राम्रो परिणाम ल्याउन सफल भए पनि गठबन्धनका ठुला दल नेपाली कागे्रंस, माओवादी केन्द्र, एकीकृत समाजवादीले चुनावमा अन्य दलले खेलेको भूमिका प्रति आलोचना गरेका छन् । यस सम्बन्धमा आफ्नो विचार राख्दै एकीकृत समाजवादीका अध्यक्षमाधव नेपालले कागे्रंस, माओवादीले स्थानीय चुनावमा गठबन्धनको भावना र मान्यता अनुसारको ब्याबहार नगरेको आरोप लगाएका छन् । यसैगरी माओवादी अध्यक्ष प्रचण्डले सम्पन्न स्थानीय निर्वाचनमा कागे्रंसले ठूलो दल भएको घमण्ड देखाएको र एकीकृत समाजवादीले हैसियत भन्दा बढी मागेको आरोप लगाएका छन् । गठबन्धन र सरकारको नेतृत्व गरी राखेको नेपाली कागे्रंसले माओवादी र ए समाजवादी दुबैले आफुसंग ब्लाकमेल गरेको आरोप लगाएको छ । यो विषयमा एक कदम अगाडी बढदै माओवादी नेता बर्षमान पुनले बढी भए कागे्रंसलाई देखाई दिने चेतावनी समेत दिएका छन् ।
तर कुनै दलले पनि अरु दलको ब्याबहार ठीक भएन भनेर अहिले सम्म गठबन्धनबाट बाहिरिने भन्न सकेका छैनन् र अन्य दलको भूमिका प्रति कडा आलोचना गरे पनि सत्तामा रहेका सबै दलले आगामी आमनिर्वाचन गठबन्धनबाट नै लडने भनी राखेका छैनन र सम्मानजनक स्थान ल्याउने हो भने गठबन्धनबाट चुनाव लडनुको विकल्प पनि छैन । तर एकले अर्काको आलोचना गरेर दबाब बनाउने भद्दा खेल गठबन्धनका सबै दलले गरीराखेका छन् । दलका नेताले आफ्नो स्थानमा एकले अर्कोलाई राख्न र आफ्नो स्वार्थ पुरा गर्न खेलिएको यो खेलको उल्टो असर पनि पर्न सक्दछ । किनभने राजनीतिक नाटकलाई जनताले सधै पचाउन सक्दैन । र गठबन्धनको कारण गठबन्धनका सबै दललाई राम्रै फाईदा पुगेको छ भनेर जनताले राम्रैसंग बुझेका पनि छन् ।
सत्तामा रहेका दलहरु आगामी चुनावमा गठबन्धन मार्फत् नै लड्ने पक्षमा छन । किनभने यसैमा नै उनीहरुको स्वार्थ जोडिएको छ । गठबन्धनमा रहेका दलहरुको राजनीतिक स्वार्थलाई सम्पन्न स्थानीय निर्वाचनले धेरैहदमा सम्बोधन गरेको छ । यही कारणले गर्दा गठबन्धनमा आवद्ध दलहरुको महत्वकाङ्क्षा बढेर गएको छ र त्यो महत्वकाङ्क्षालाई गठबन्धनका दलले दवावको रुपमा प्रयोग गर्न थालेका छन् । तर खुराफातीको यो बाटो सफल हुने देखिदैन । त्यस कारण गठबन्धमा रहेका दलहरुले गठबन्धनमा रहदासम्म जालझेलको बाटो तिर नलागी ईमान्दार भएर देश जनताको हितमा लाग्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *