सुनकोशी नदीमा दुई बालिका बेपत्ता

समाचार

उदयपुर । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् ।

बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।

बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *