मेयर साम्पाङलाई असफल पार्न एमाले कार्यकर्ता सक्रिय

राजनीति समाचार

काठमाडौं । राजनीतिक संग्लनता नभएका स्वतन्त्र व्यक्ति मेयरमा निर्वाचित भएको घटना ठुला भनिने राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पच्न सकेको छैन ।

बहुदलिय व्यवस्था स्थापना भइदेखिनै आफ्नो जिल्ला मान्दै आएको नेकपा एमालेका उम्मेदवार सम्पन्न स्थानयि निर्वाचनमा पराजित भएपछि उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङलाई असयोग गर्ने नीति एमालेका निर्वाचित प्रतिनिधिले अपनाएको देखिन्छ ।

स्वतन्त्र हैसियतबाट धरान उपमहानगरको मेयरमा निर्वाचित भए लगत्तै हर्क साम्पाङले महानगरभित्रका खोलानालाको गिटि तथा बालुवा हचुवाको भरमा बिक्रि गर्न रोक लगाएका थिए । आ–आफ्नो एउटा आम्दानीको राम्रो स्रोतमाथि मेयर साम्पाङले रोक लगाएपछि आफ्नो सिट बन्न पुगेका जनप्रतिनिधिले त्यसपछि मेयरसँग असयोग गर्ने निति अख्तियार गरेका थिए ।

यहि क्रममा पटक–पटक उपमहानगरको कार्यपालिका बैठकले विभिन्न बहाना गरेर आगामी आर्थिक बर्षको बार्षिक बजेट अनुमोदन हुनबाट रोक्ने सडयन्त्र गर्दै आएका थिए । नयाँ आर्थिक बर्ष संगारमा आइपुग्दा पनि आगामी आर्थिक बर्षको लागि तयार गरिएको बार्षिक बजेट वडाअध्यक्षहरुले कार्यपालिकाको बजेटबाट अनुमोदन हुन दिएका थिएनन् ।

मेयर साम्पाङलाई असहयोग गर्ने र आगामी आर्थिक बर्षको बार्षिक बजेट अनुमोदन हुनबाट रोक्ने कार्यमा एमालेका वडाध्यक्षहरु सबभन्दा अगाडि रहेका थिए ।

एमाले वडाअध्यक्षहरुले आगामी वर्षको बार्षिक बजेट अनमोदन हुन नदिन विभिन्न अवरोध पु¥याएपछि मेयर साम्पाङले यो सडयन्त्रको जालोलाई आमजनतामा गएर भन्दाफोर गर्ने चेतावनी दिएपछि अन्ततः एमालेका वडाअध्यक्षहरु पनि आगामी आर्थिक बर्षको बार्षिक बजेटको पक्षमा आउन बाध्य भए र केहिदिन अगाडि सम्पन्न भएको धरान उपमहानगरको नगरसभाले आगामी अािर्थक बर्षका लागि एक अर्ब ६९ करोडको बार्षिक बजेटलाई अनुमोदन गरेको छ ।

खानेपानीको अभावको कारण काकाकुलको अवस्थाबाट गुडिरहेको धरानलाई आफैले समेत शारीरिक श्रम गरेर खानेपानीको व्यवस्था धरानवासीलाई उपलब्ध गराए बापत धरानवासीमा थप लोकप्रियता प्राप्त गर्न थालेका मेयर साम्पाङलाई असफल पार्न राजनितिक दलका स्थानिय कार्यकर्ता सक्रिय रुपमा लागि परेका छन् । र यो मामिलामा नेकपा एमालेका निर्वाचित कार्यकर्ता सबभन्दा अगडि देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *