मंगलबारदेखि पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन सुरू हुने

समाचार

काठमाडौं । मंगलबारदेखि पूर्वअर्थमन्त्री जनार्दन शर्र्मामाथि छानबिन सुरु हुने भएको छ ।

आज शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समितिको सहजीकरण बैठक बोलाएका थिए ।

बैठक सकिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका एक नेताले मंगलबारबाट छानबिन सुरु गरिने जानकारी दिए ।

पूर्वअर्थमन्त्री शर्मामाथि बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि उनले बुधबार पदबाट राजीनामा दिएका थिए । उनीमाथि लागेको आरोप छानबिनका लागि संसदले ११ सदस्यीय संसदीय समिति गठन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *