गण्डकीमा जन्मियो राजा पाक्ष प्रवृत्ति

राजनीति समाचार

काठमाडौं । २०६३ सालको राजनीतिक परिवर्तन पछि पहुँचवाला राजनीति व्यक्तिहरुले राष्ट्रिय ढुकुटीलाई आफ्नो बाउको सम्पत्ति सम्झन थालेका छन् ।

अहिले एकृकीत समाजवादीको सम्मानित नेताको हैसियतमा पुगेका नेकपा एमालेका तत्कालीन नेता झलनाथ खनालले पार्टीभित्र चलिरहेको विवादको गलत फाइँदा लिँदै केपी ओली नेतृत्वको सरकारबाट निर्णय गराएर सर्प पालन गर्ने भनेर राज्यकोषबाट ७२ करोड रुपैयाँ निकालेर खाएका थिए ।

सर्प पालन गर्न भनेर राज्यकोषबाट लिएको उक्त रकमका सम्बन्धमा अहिले कसैले पनि खोजीनिति गरेको छैन । नेता खनालले पनि उक्त रकमबाट सर्प भ्रम सञ्चालन गरेको कतै देखाएका छैनन् । यो राज्यको सम्पत्तिलाई बाबुको विर्ता सम्झने प्रवृतिलाई अहिले पाँच दलीय गठबन्धनको गण्डकी प्रदेश सरकारले पनि अवलम्बन गर्न थालेको छ ।

हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० गण्डकी प्रदेशको बार्षिक बजेटमा गण्डकी प्रदेशले जारी गरेको सरकारको नीति तथा कार्यक्रममा मुख्यमन्त्री कृष्णचद्र पोखरेल नेपालीलगायत प्रभावशाली प्रदेश तथा नेतालाई उनीहरुको बाबु आमाको ट्रष्टको नाममा राज्यकोषबाट मोटो रकम उपलब्ध गराउने विकृत व्यवस्था मिलाइएको छ ।

यो मामिलामा गण्डकी प्रेदशका मुख्यमन्त्री तथा मन्त्री र नेताले बाबुआमको नाममा स्थापना भएको ट्रष्टको नाममा मोटोरकम पाउने व्यवस्था मिलाएका छन्।

मन्त्रीहरुले पँहुचको आधारमा बाबुआमाको नाममा संस्था गठन गर्ने र राज्य कोषबाट मोटो रकम दोहन गर्ने यो प्रवृतिपछि चारैतिर आचोलना हुन थालेपछि सामाजिक विकास मन्त्री मेखालाल श्रेष्ठले आफ्ना बाबु आमाको नाममा स्थापना भएको संस्थाका लागि राज्य कोषबाट छुट्याइएको १ करोड रुपैयाँ नदिने घोषणा गरेका छन् ।

तर राष्ट्रिय कोषलाई लुटको अखडा मान्ने अन्य मन्त्रीहरुले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् । तर यो प्रवृतिलाई सर्वसाधारण जनताले भने श्रीलंकाका राष्ट्रपति गोटाबाह्या राजा पाक्ष र उनका भाइ प्रधानमन्त्री महेन्द्र राजा पाक्ष प्रवृत्तिसँग तुलना गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *