एनएमबि बैंकद्वारा सामुदायीक विद्यालय भवन पुनःनिर्माण सम्पन्न

अर्थ/वाणिज्य समाचार

काठमाडौं । एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयमा छाना पुन र्संरचना÷सम्भार र कक्षा कोठाको मर्मत सम्भार गरेको छ ।

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमा पढन बाध्य भएका थिए । कार्यक्रममा बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेलले प्याकुरेलले सहकार्यले विद्यार्थीमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गरे ।

बैंकले वित्तीय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए ।

‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं’ प्रधानाध्यापक खड्काले भने, ’वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन् ।

यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ ।’ बैंकले हाल २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *