बिस्कुट बोक्ने प्रहरी लागूऔषधमा

समाचार

काठमाडौं । जहाँ जसले नेतृत्व लियो त्यहाँ विवादमा पर्ने एसएसपी विकास खनाललाई लागूऔषध ब्यूरोको जिम्मा लगाएर नेपाल प्रहरीले स्वच्छताको पराकाष्टा देखाएको छ । ६ जना एसएसपीहरुलाई काज सरुवा गर्दा संगठन बद्नाम भएको छ । विकास खनाल लागूऔषध ब्यूरोमा पुगेका छन् । खनाल एयरपोर्टमा बस्दा ३८ क्वीन्टल सुनको बिगबिगी चलेको थियो । गृहमन्त्री बालकृष्ण खाँणले मन्स्तिरीय निर्णय गरेर ६ जना एसएसपीहरुको काज सरुवा गरेका छन् । सत्ताको पहुँच भिडाउन सक्ने क्षमता भएका भरत बोहोरालाई काठमाडौं ल्याइएको छ । त्यसैगरी, प्रधानमन्त्री पत्नी निकट भएर काज सरुवा हुनेमा जनक भट्टराई केरकार पुगेका छन् । बसन्त कुँवर डीआईजी भएपछि केरकार एसएसपी विहीन थियो ।
प्रवक्ता समेत रहेका विष्णु केसी अपराध अनुसन्धान विद्यालयमा पढाउन पुगेका छन् । सुरक्षा परिषद्बाट कुवेर कडायतलाई विपत् व्यवस्थापनमा लगिएको छ । अनुराग द्विवेदी मानव बेचबिखनमा पुगेका छन् । यसपटकको काज सरुवामा राम्रो खोज्दै जाँदा बिस्कुट काण्डका विकास खनाललाई लागूऔषधमा लगिएको छ । कांग्रेसका नेता शंकर भण्डारीले प्रदेश १ को कार्यालयबाट काठमाडौं ल्याएका हुन् । एयरपोर्ट काण्डबाट खनाल बुटवलमा केही समय बिताएर महाराजगंज शिक्षालय हुँदै प्रदेश १ मा पठाइएको थियो । खनालले लागूऔषध, बोहोराले काठमाडौं, भट्टराईले केरकार पाउनु सानो तिनो दुखले अर्जेको होइन भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *