दुई हजार सात सय डलको लोभमा विदेश भ्रमण

समाचार

काठमाडौं । कहिले गोविन्द केसीलाई पागल भनेर त कहिले डाक्टरलाई कुटेर चर्चा र विवादमा आउने कृष्णहरि पुष्कर फेरि बिबादमा तानिएका छन् । अख्तियार दुरुपययोग अनुसन्धान आयोगमा कार्यरत रहँदा डा गोविन्द केसीलाई पागल करार गर्ने गोविन्द केसी लगतै दिल्लीमा अर्थ मन्त्रालयबाट इकोनोमिक काउन्सिलर बनेर खटाइयो । यस अघि मकवानपुरमा सिडिओ र वैदेशिक राजगार विभागको महानिर्देशक रहिसकेका पुष्करलाई ओली सरकारले दिल्ली पठाएको थियो । यद्यपि उनी अर्थका क्याडेटचाहिँ हैनन् ।मतपत्र हातमा लिएपछि दायाँ बायाँ नहेरी सिधै रुखमा छाप हान्ने सचिवका रुपमा चिनिएका उनी सचिवमा बढुवा भएसँगै प्रदेशतिर खटिनु परेन । जबकी सहसचिवबाट सचिवमा उक्लिएपछि केही समय भने पनि प्रदेशमा खटिनस पर्ने प्रावधान छ तर उनी सिधै राजश्व सचिव बने यद्यपि उनी राजश्वका बारेमा जानकार हैनन् । अहिले आर्थिक बर्षको अन्तिम समय । यो समय भनेको अर्थ र राजश्वका सचिवहरु हल गोरु झैं बाँधिएर काम गर्नु पर्ने समय । तर यस्तो महत्वपूर्ण समयमा अर्थ सचिव भने अष्ट्रिया शयरमा मस्त भए ।
जसरी किसानका लागि असार वा साउन महिना अत्यन्त महत्वपूर्ण हुन्छ । उसै गरी सरकारको खर्च उठाउने हिसबाले अत्यन्त महत्वपूर्ण महिना हो असार । यो महत्वपूर्ण समयमा अर्थ सचिव भने विदेश शयरमा मस्त रहे । सरकारले असार महिनामामै बढीभन्दा बढी राजश्व असुली गर्ने लक्ष्य लिएको हुन्छ । कर,भन्सारदेखि राजश्वको लक्ष्य पूरा गनुपर्ने समय पनि यही महिना हो । जस्का लागि अर्थ मन्त्रालयले राजश्व सचिवको नेतृत्वमा एउटा टिम नै बनाएको हुन्छ । त्यहाँ भन्सार,करदेखि अर्थकै एउटा टिम हुन्छ । सोही टिममा हुन्छन्, भन्सारका डिजीदेखि राजश्व महाशाखाका कर्मचारीसम्म । यो टोलीले बिहानदेखि बेलुकासम्म भन्सार प्रमुख,कर प्रमुखलाई सम्पर्क गरी बक्यौता असुलीका तारान्तर झकझकाउनु पर्ने हो । राजश्व सचिव जागरुक हुने हो भने असार मासको अन्तिम समयमा दैनिक १३ देखि १४ अर्बसम्म राजश्व संकलन हुन्छ तर अर्थमात्र होइन यो समयमा त राजश्व सचिवले पनि छाडा प्रवृत्ति यस्तो देखाए भन्छन् अर्थकै कर्मचारीहरु । दुई साता अघि आन्तरिक राजश्व विभागका डिडिजी बोकेर अस्ट्रियातिर उडेका उनी सोमबारमात्र काठमाडौं आएका छन् । उनी दोहोरो कर मुक्तीको अभ्यास सम्बन्धी तालिममा भाग लिन त्यता त पुगे तर राजश्व सचिव नै विदेश शयरमा मस्त भए पछि सरकारले अपेक्षा अनुरुप राजस्व संकलन गर्न सक्ने नै भएन । महालेखा नियन्त्रकको पछिल्लो तथ्यांक अनुसार हालसम्म अस्ति २५ गतेसम्ममा सरकारले १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व संकलन गरेको छ । जबकी सरकारले चालु आथिक बर्षमा ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । लक्ष्यभन्दा कम राजस्व संकलनहुनुको पछाडि अर्थ सचिव कृष्णहरि पुष्कर कर्णको भूमिका समेत महत्वपूर्ण रहेको भनिँदैछ । उनी सामान्य कार्यक्रममा भाग लिन अष्ट्रिया पुगेका छन् । खासमा कर्ण आगामी ३२ गते शनिबारमात्र फर्कने तयारीमा थिए । तर, हठात अर्थमन्त्रीले राजीनामा दिएपछि भएको राजनीतिक परिवर्तन र संसदीय छानबिन समितिले बजेटमाथि छलफल गर्ने भएपछि भ्रमण छोट्याएर कर्ण स्वदेश फर्किएका हुन । कर्णसँग आन्तरिक राजस्व विभागको नीति विश्लेषण महाशाखा प्रमुख उपमहानिर्देशक गोबिन्द सुवेदीलाई लिएर अमरिकातिर उडेका हुन । एक जना पूर्व प्रशासकले टिप्पणी गर्दै भने,राजस्व सचिवको गरिमा र महत्व बुझेको भए आर्थिक वर्षको अन्त्यमा विदेश भ्रमणमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशकलाई लगेर जाने थिएनन । राजस्व सचिवले भन्सार विभाग, आन्तरिक राजस्व विभागका महानिर्देशक, महत्वपूर्ण कार्यालयका प्रमुखलाई फोन मात्रै गर्दा समेत एक अर्व भन्दा बढी रकम असुल हुन सक्थ्यो । तर रास्व सचिव विदेश भ्रमणमा गएपछि कर्मचारी पनि सक्रिय हुन्नन् । जागिरे जीवनभर राजश्वमा काम नगरेका कारण अहिले यो स्थिती आएको हो । राजश्व सचिवले निरन्तर ताकेता गर्दा राजस्व बढ्छ भन्ने नबुझेका कारण यस्तो संकटको घडीमा समेत उनी विदेश शयरमा गएर फर्किएको ती पूर्व प्रशासकले टिप्पणी गरे । उनले थपे,आन्तरिक राजस्व विभागका एक उपमहानिर्देशक राजस्व सचिवले भन्सार र आन्तरिक राजस्व विभागलाई हुलाक कार्यालय जस्तो सोचेको बताउँछन् ।यस अघि बजेटसम्बन्धी विवाद कायमै रहेको अवस्थामा अर्थसचिव मधु मरासिनी पनि भ्रमणमा अमेरिका गएका थिए । मरासिनी विश्व बैंक र ग्लोवल इन्भ्यारोमेन्ट फेसेलिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा दक्षिण एशियाली देशको तर्फबाट प्रतिनिधित्व गर्दै अमेरिका गएका थिए । विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेको अवस्थामा अर्थमन्त्रालय अन्तर्गतका ३५ जना कर्मचारी विभिन्न देशको भ्रमण गरिसकेको विवरण उपलव्ध गराएको छ । १० दिनको अष्ट्रिया भ्रमण पूरा गरेर फर्किएका कर्णले २ हजार ७ सय अमेरिकी डलर बुझ्नेछन् । यस्तै विदेशी डलर बुझ्न पाइने भएका कारण कर्मचारीहरु विदेश जान मरिहत्ते गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *