तालिममा हाम्रो क्षमता अभिवृद्धिका लागि विभिन्न सेशनहरु राखिएका थिए । हाम्रो लक्ष्य कसरी निर्धारण गर्ने, पत्रकारहरुसँग कसरी कुराकानी गर्ने, क्यामेरालाई कसरी सामाना गर्ने जस्ता विषयमा प्रयोगात्मक प्रशिक्षण समेत गराइएको थियो । दोस्रो दिनको स्थलगत अवलोकन गर्न जाँदा खिचेको फोटोको प्रतिस्पर्धा समेत भएको थियो । हाम्रा प्रशिक्षक जोइले हामीले खिचेर उनलाई उपलव्ध गराएका २ वटाहरु मध्ये छनौट गरी देखाएका थिए । यसमा मेरो पनि एक छनौटमा परेको थियो । हाम्रो तालिमका तेस्रो दिनको वेलुकाको पार्टी एक कम्पनीले व्यवस्था गरेको थियो ।
तालिमको चौथो दिन सदा झै हामी विहानको खाजा खाएर ८.३० वजे तालिम कक्षमा प्रवेश ग¥यौं । त्यहाँ ग्लोवर फार्मर नेटवर्ककी सिइओले राउण्ड टेवल छलफल सुरु गराइन् । खास गरी हाम्रा उत्पादनहरु कसरी विकास गर्ने, सामाजिक तथा वातावरणीय पक्षमा कसरी ध्यान दिने, जैविक विविधताको पक्षमा के गर्ने, जलवायु परिवर्तनसँग कसरी सामाना गर्ने जसता विषयमा हामी सवैले आफ्ना अनुभव तथा धारणाहरु राखेको थियौं । जोखिलाई कसरी कम गर्ने र वजारको लागि के गर्न सकिन्छ भन्ने संभावनाको खोजीसमेत गरेका थियौं ।
खाना पछिको छलफलमा सामाजिक सञ्जाललाई कसरी उपयोग गर्ने, हामी एक आपसमा कसरी जोडिने विषयमा अनुभव तथा विचारहरु प्रस्तुत गरेका थियौं । यस सन्दर्भमा केही प्रतिवद्धताहरु समेत जाहेर गरेका थियौं । त्यो अहिले प्राय जसो अनुशरण गरिराखेका पनि छौं । सामाजिक सञ्जाल प्रयोग सम्वन्धमा केही प्रयोगात्मक अभ्यासहरु पनि गरेका थियौं ।
यस विचमा मैले २,३ पटक टिभीको लागि अन्तरवार्ता दिने मौका पनि पाएको थिएँ । खास गरी कृषि व्यवसायका चुनौती, अवसरका वारेमा केही प्रश्न सोधिएको थियो । धेरै जसो मेरो कृषिमा व्यक्तिगत संलग्ता विषयमा प्रश्नहरु केन्द्रित थिए ।
हाम्रो औपचारिक कार्यक्रमको अन्तिम दिन सुक्रवार परेको थियो । यस दिनमा कृषि र पैरवीको विषयमा राउण्ड टेवल छलफल भएको थियो । हाम्रा आगामी दिनमा आउने सवाल र वकालतका वारेमा चर्चा भयो । यस सेशनमा मेरो आफ्नो कथा सुनाउने मौका पाएँ । यस दिन मैले नेपालको औपचारिक पोशाका दौरा सुरुवाल, कोट, ढाका टोपि र कालो जुत्ता लगाएको थिएँ । यस पोशाकमा धेरै जनाले फोटो खिचाउने रहर पनि गरे ।
सेशन सञ्चालन कैं क्रममा हाम्रो संक्षिप्त वायोग्राफि लेख्ने काम पनि भयो । हामीले तत्काल गर्ने कामको योजना समेत वनाइयो । हाम्रा कार्ययोजनामा नयाँ कुरा थिएनन् । जुन काम गरिरहेका छौं त्यही गर्ने तर ग्लोवल फार्मर नेटवर्कसँगको सहकार्य वढाउने जसता थिए । विश्वस्तरमा अनुभव आदानप्रदानमा जोड दिने जस्ता योजनाहरु वनाइयो । हाम्रा योजनाहरु सामुहिक रुपमा प्रस्तुत गरेका थियौं ।
हाम्रो तालिमको औपचारिक समापन अर्को होटलमा आयोजना गरिएको थियो । हामी ट्याक्सीमा त्यस होटलमा पुग्यौं । हाम्रा लागि खुल्ला ठाउँमा टेवुल मिलाएर राखेका थिए । हामी पुग्यौं । वाइन, वियर सहितको पार्टी आयोजना भयो । पार्टी चलिरहेकै वेलामा आयोजक संस्थाले हामीलाई ग्लोवल फार्मर नेटवर्कको सदस्यता प्रदान गरेको प्रमाण पत्र र लोगो हस्तान्तरण गर्ने कार्यक्रम राखिएको थियो । हामी सवैले प्रमाण पत्र लियौं । फोटो खिच्यौं । मैले पनि नेपालको झण्डा, नक्सा, खुकुरी चिन्ह सहितको एक उपहार लगेको थिएँ । त्यो उपहार आयोजक संस्थालाई हस्तान्तरण गरें । केही नेपालको नक्सा समेतको लकेट लगेको थिएँ । केही अलि नजिक भएकालाई दिएँ तर सुटुक्क, सवैलाई पुग्ने त्यसैले । बेलुका ९ वजे तिर हामी होटलमा फर्कियौं । सुत्यौं ।
जर्मन वसाईको आज अन्तिम दिन जुन १८, धेरै साथीहरु विहान हिंडि सक्नु भएको थियो । केही साथीहरुको वेलुका तिर थियो । केही साथीहरुले संगै खाजा खायौं । अनी व्राजिलको डा. एविलो र म शहर तिर घुम्न जाने सल्लाह थियो । सोही अनुसार २ घण्टा जती वजार घुम्न गयौं । त्यहाँको विश्वविद्यालय क्षेत्र तिर घुम्यौं । विभिन्न पार्क गयौं । फोटो खिच्यौं । अनेक गफ ग¥यौं । व्राजिल जाने र नेपाल आउनेसम्मका योजना वनायौं । होटलमा फर्कियौं । एक एक कप कफि पिएका थियौं ।
जर्मनी समय अनुसार दिउँसो ३ वजे तिरको मेरो फ्लाइट थियो । मलाई एयरपोर्ट सम्म पु¥याउने गाडी पहिलाको नैं थियो, जसले मलाई एयरपोर्टवाट म्यारिएट होटलसम्म छाडिदिएको थियो । डा. एविलोको वेलुका ६ वजेको प्लेन थियो । उनीले ५० यूरो तिरेर त्यही होटलमा थप समय वस्ने समय मिलाए । १२ वजे होटल चेक आउट गर्नु पर्ने नेपालको जस्तै चलन रहेछ । म चेक आउट गर्न भनी झोला लिन २६ तला माथिको मेरो कोठामा जान लिफ्ट चढ्न गएँ । मलाई एक्लै लिफ्ट चढ्न सधै डर लाग्दथ्यो । किनकी लिफ्ट रोकियो भने मलाई असाध्यै डर लाग्दछ त्यसै नेपाल तिर लिफ्ट चढ्नु परेमा एक्लै म चढ्ने गर्दिनथ्यें । बरु म भ¥याङ नैं प्रयोग गर्दथ्यें । जर्मनमा त त्यस्तो वन्द हुने काम पक्कै हुँदैन होला भन्ने सोच्दै लिफ्टमा छिरें । मसँग भएको कार्ड देखाएर २६ नं. थिचें । ढोका वन्द भयो तर लिफ्ट चलेन, ढोका पनि खुलेन । करिव १० मी. जती लिफ्ट भित्र मलाई स्वास प्रस्वासमा गाहे भयो । म आँत्यीए । धन्न डा. एविलो त्यही वाहिर होटलको लवी थिए । उनलाई ह्वाटसएपवाट फोन गरेर मेरो समस्या सुनाएँ । तुरुन्तै सहयोग गर मलाई गाहे भैसक्यो भनें । त्यही भन्ना साथ ढोका खुल्यो । म आँत्तीदै वाहिर निस्कीएँ । होटलवालालाई भनें । उनीले केही कोशिस गरे । त्यहाँ ४ वटा लिफ्ट थियो । अरु पनि विग्रिएका रहेछन् । जर्मनमा पनि त्यस्तो हुँदो रहेछ । केही समय पर्खेर अर्को लिफटवाट कोठमा गएँ । झोला विहानै प्याक गरिसकेको थिएँ । वोकेर झरें । होटलको रिसेप्सनमा गई चेकआउट गर्ने भनें । कोठमा केही मगाएर वा आयोजकको कोटा भन्दा वढि केही खाएको भए थप पैसा तिर्नु पर्ने थियो । मैले अरु केही प्रयोग गरेको थिइन । खाली कोठामा राखेको पानी भने तताएर पानी र कफी वनाएर खाएको थिएँ । केही तिर्नु पर्दछ कि भन्ने लागेको थियो तर परेन । अरु साथीहरुले केही न केही तिरेका थिए तर मैले केही पनि तिर्नु परेन ।
मलाई लैजाने चालकलाई जानकारी गराएँ । उ आउने १२.१५ मा तय गरिएको थियो । अर्जेन्टीनाको मारिया म भन्दा केही मिनेट अघीको मात्र फ्लाइट रहेछ । टर्मिनल पनि एकै भएकोले मलाई उनीसँग जान सजिलो हुने भएकोले म गएको जानकारी मेरो विमानस्थल लैजाने जिम्मेवारी पाएका चालकलाई गराएर विमानस्थल तिर लागें । क्रमसः