प्रतिनिधिसभाले बल्ल उपसभामुख पाउदै, शुक्रबार मतदान हुने

समाचार

काठमाडौं । रिक्तताको लामो समयपछि प्रतिनिधिसभाले उपसभामुख पाउने भएको छ । अढाई वर्ष पहिले तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि शुक्रबार प्रतिनिधिसभामा मतदान हुन लागेको हो ।

उपसभामुख निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटाले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछन् भने भोली मनोनयन दर्ता र पर्सी मतदान हुने छ ।

केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल उनले डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिएनन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *