गभर्नर विरुद्धको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप

राजनीति समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । गभर्नर अधिकारीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा झडप भएको हो ।

आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयअगाडि गरिएको प्रदर्शनका क्रममा केही व्यक्ति पक्राउ समेत परेका छन् ।

सत्तारूढ दल नेपाल कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ ।

राष्ट्र बैंक प्रवेशमा गभर्नर अधिकारीलाई रोक्न प्रदर्शन गरिएकोमा प्रहरीले हस्तक्षेप गर्दा दुइ पक्षबीच झडप भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *