उपेन्द्र यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा

राजनीति समाचार

काठमाडौं । डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अध्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए ।

यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा। भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो । साथै भट्टराईसहित केन्द्रीय कार्यकारीणी समितिका नौ जना नेताहरुलाई यादव पक्षले पदमुक्त गरेको थियो । सोही विवरण अध्यावधिक गर्न यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा छ ।

राजनीतिक रुपमा विभाजित भइसकेको जसपा निर्वाचन आयोगमा पुगे कानुनी रुपमा पनि औपचारिक विभाजनको प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता दिने गरेको छ । यादव पक्षले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमतले कारबाहीको निर्णय गरेको जनाएको छ ।

तर भट्टराई पक्षले भने स्वेच्छाचारी, अराजनीतिक र अनैतिक रुपमा पदमुक्तको निर्णय गरिएको भन्दै पार्टी पुनर्गठनका लागि देशव्यापी अभियान चलाउने जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *