एकसाता लामो कांग्रेस बैठक आज सकिने

राजनीति समाचार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिने भएको छ । गत सोमबारदेखि सुरु बैठक आज सक्ने तयारी छ। दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा निर्णय सुनाउने तयारी छ ।

एक साता लामो बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मले आफ्नो धारणा राखेका थिए । खासगरी स्थानीय निर्वाचनको समीक्षा, आगामी संघ र प्रदेशसभाको निर्वाचनको तयारी र सरकारका कामलगायतका विषयमा सदस्यहरूले बोलेका थिए।

यसैगरी पार्टीका विभिन्न भ्रातृ संस्थाहरूको विधानलाई एकरूपता दिने विषमया पनि छलफल भएको थियो। हिजो पदाधिकारी बैठक पनि बसेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *