एन्फा कार्यसमिति बैठक आज

राजनीति समाचार

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । एन्फा मुख्यालय सातदोबाटोमा अपराह्न तीन बजेदेखि बस्ने बैठकमा एक दर्जनभन्दा बढी एजेन्डामा छलफल हुनेछ ।

६ असारमा भएको निर्वाचनमार्फत आएको नयाँ कार्यसमितिको यो दास्रो बैठक हो । यसपल्ट विवादित नेपाल सुपर लिग‌, नेपालमा हुन लागेको साफ महिला च्याम्पियनसिप र प्रमुख कार्यकारी अधिकृत ९सीईयो० नियुक्ति मुख्य एजेण्डा हुन् ‌।

अघिल्लो बैठकबाट नियुक्त भएका महासचिव किरण राईले पठाएका एजेन्डामा दुई उपाध्यक्षले एजेण्डा थपेका थिए । आजको बैठकमा संघअन्तर्गतका १३ समितिमा पदपूर्ति, पदाधिकारी मनोनीत गर्नेलगायतका निर्णय हुनेछन् ।

आजको बैठकमा सीईयो नियुक्तिको एजेण्डा समावेश गरिए पनि कार्यसमितिमा अध्यक्ष पंकजविक्रम नेम्वाङ र गणेश थापा पक्षबीच थापाका छोरा गौरवलाई प्रथम उपमहासचिव बनाउने सहमति जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *