नक्कली सुन देखाएर ठगी गर्न खोज्ने दुईजना पक्राउ

समाचार

पर्वत । नक्कली सुन देखाएर सक्कली भन्दै ठग्न खोजेको आरोपमा कास्कीमा दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार चितवनको माडी नगरपालिका–८ वसन्तपुर स्थायी घर भई हाल जिल्ला कास्कीको पोखरा महानगरपालिका–४ रामकृष्ण टोलमा बस्दै आएका ३५ वर्षीय धर्मेन्द्र खाती शाय पक्राउ परेका हुन्।

उनीसँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ रापाकोट घर भई हाल पोखरा– १६ घर्मीखोलामा बस्दै आएका ४० वर्षीय डिलबहादुर विक पनि पक्राउ परेका छन्।

उनीहरूले गते असार ३१ गते पोखरा महानगरपालिका–८ न्यूरोडमा रहेको एक होटेलमा नक्कली सुनको दुईवटा बाला देखाई सक्कली हो भनी ठगी गर्न खोजेको प्रहरीले बताएको छ। ठगी गर्न खोजेको सूचना पाएपछि जिल्ला कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक षड्यन्त्रसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *