४२ प्रतिशत भाग खोज्दै डा.शेखर

समाचार

काठमाडौं । पार्टीभित्र भागवण्डा खोजिदैन । जसले जित्छ त्यसैले पार्टी चलाउँछ, सरकार हाँक्छ । जसको नेतृत्व त्यसकै नीतिका कुरा गरेर महाधिवेशन प्रतिनिधिलाई प्रभावमा पारेका कांग्रेका प्रतिपक्षी नेता डा.शेखर कोइरालाले संस्थापन पक्षको विरोध गरेका छन् । केन्द्रीय समितिको बैठक अघिल्लो दिनसम्म बानेश्वर थापा गाउँ र गौशालातिर गुटको भेला गरेको थियो । अन्ततः कांग्रेस सबै पार्टी भित्र भाग खोजेको छ । तर गठबन्धन भने आवश्कता छ । औचित्यको आधारमा गर्न सहमत भएको छ ।
चाहे सरकारमा मन्त्री पठिाउँदा होस् वा कुनै पनि राजनीतिक नियुक्तिमा डा.शेखर पक्षको भागमा नपरेको कुरा पन ियसपटक बैठकमा उठाएका छन् । डा.शेखरको जोड सरकार गठबन्धनमाा बनेर कांग्रेसले नेतृत्व लिए पनि अबको चुनावमा वामपन्थी दलहरु विरोध गरी नेकपा माओवादी केन्द्रलाई गठबन्धनमा राख्न नहुने रहेको छ । भारत त नेपालमा वाम एकता भत्काउन सफल भयो । पार्टी विभागजनमा भारतको ठूलो साथ रहेको बताइन्छ ।
एमाले भित्र अध्यक्ष केपी ओलीलाई वामपन्थी शक्तिको बलियो उपस्थितलाई तहस नहस बनाएकोमा पश्चिमा मुलुकका एनजीओ संचालकहरु खुसी नै थिए । उता कांग्रेसमा डा. शेखरलाई उचाल्नेृ पनि टिम थियो । अहिले कांग्रेसका केही केन्द्रीय सदस्यहरुले आफ्नो लागि टिकट व्यवस्थित गर्नु पहिलो लक्ष्य राखेका छन् । सभापति देउवाकै टिमबाट १४औं महाधिवेशनबाट मोहन बस्नेत नैंनसिंह महरको आकांक्षी सांसदको टिकट बन्दोबस्ती गर्न खोज्दा गठबन्धन भित्र आफ्नो सुरक्षा खोजेका हुन् । किशोर सिंह राठौर, गुरु बरालजस्ता केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवाको गठबन्धन बचाउने र आफ्नो सुरक्षा खोज्दै छन् । तर डा.शेखर समूहले सरकारको काम गराईमा चित्त बुझाएन । देउवा सरकार बनेदेखि नै देशको आर्थिक क्षेत्र, ध्वस्त बन्दैछ । यसको बाटो देखाउने काम गरेका कम्युनिष्टको नाममा ओली सरकारले चाहिंदो नचाहिंदो गरे । महमन्त्री बनेका डा.मिनेन्द्र रिजाल, महेश आचार्य, डा.रामशरण महत, डा.गोविन्द पोखरेलहरु अहिले डा. शेखरसँग जोडिएका छन् । ६ महिना पछि जारी केन्द्रीय समिति बैठकलाई समयमा पार्टीको भावी रणनीति निर्माण गर्नुपर्ने अवधारणा बनाउनुपर्ने थियो । तर पार्टीको प्रतिपक्षले त्यो कुरालाई ध्यान दिएन, एक केन्द्रीय सदस्य भन्दै थिए । कांग्रेस पार्टीको अनुसार कांग्रेसमा गठबन्धन भत्काउन डा.शेखरको टिम अन्तसम्म जोड रहनेछ । यो समूहले गठबन्धन भत्काउन नसके भाग खोज्ने आफ्नो टिम उम्मेद्वार उठाउने ठाउँमा गठबन्धन भत्काउन नसके भाग खोज्ने आफ्नो टिम भित्रका उम्मेद्वार उठाउने तयारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *