मार्सी भन्छन्–डा.केसी कालो साँप

समाचार

काठमाडौं । मार्सी चामलका दुर्गा प्रसाईंले आफु झापा क्षेत्र नं. २ बाट संघीय चुनाव लड्ने बताउँदै गर्दा डा.गोविन्द केसी नेपालको मेडिकल शिक्षामा कालो साँप भनेका छन् । मेडिकल शिक्षाको सुधारको अभियन्ता डा.गोविन्द केसीकै कारण झापाको बि एण्ड सी मेडिकल कलेजले सरकार सम्बन्धन नपाएको प्रसाइँको दाबी छ । तर मेडिकल शिक्षा आयोगले तोकेको मापदण्ड पुरा नगरेको कारण त्यो कलेजले सम्बन्धन नपाएको देखिन्छ ।
दुर्गा प्रसाइँका अनुसार डा.केसीको आन्दोलनको अगाडिसम्म देशमा १५० स्टाफ नर्स पढाउने कलेज थिए । अहिले त्यस्ता कलेज घट्दैछन् । यही स्थिति रह्यो भने सरकारले ध्यान दिएन भने अब नेपालमा मेडिकल शिक्षाका विद्यार्थी घट्ने छन् । आन्दोलनकै कारण गतवर्ष नेपालबाट हजारौं विद्यार्थी भारत, बंगलादेश, पाकिस्तानजस्ता देशमा गएका छन् । देशभित्र खोलेका मेडिकल कलेज बनद गराउन डा.केसीहरुलाई नियोजित रुपमा उचालिएको त होइन ?
नेपालमा गुणस्तरीय शिक्षाको माग राख्दा भएका मेडिकल कलेजलाई बचाएर नयाँ खुल्नेलाई कडा ऐन कानूनमा ल्याउन नसक्नु सरकारको कमजोरी हो । आफ्नो व्यवसायलाई वैधता दिने दुर्गा प्रसाईँ माओवादी पनि भए । उनले झापामा क्यान्सर अस्पताल पनि सञ्चालनमा ल्याएका छन् । अवसर प्रयोग गर्न सिपालु प्रसाईंको मुख राम्रो छैन । यिनैले नेकपा एकीकृत समाजवादीले देशको कुनै स्थानीय तहमा चुनाव जितेको खण्डमा आफ्नो जायजेथा नै सुम्पेर आफु कमण्डलु बोकेर बनबास जाने कुरा पनि सार्वजनिक गरेका थिउ । विवादित कुरामा चर्चा खोज्ने दुर्गा प्रसाईँलाई नेकपा चन्दका पुत्र डा.प्रकाश चन्दले विद्यार्थीसँग लिएको शुल्क फिर्ता मागेका थिए । प्रसाईँको बोली र अपशब्दले सामाजिक सञ्जाल रंगीने गर्छ । यतिखेर एमालेभित्र मार्सी प्रसाई र अग्नि खरेलको चर्चा छ । किनकि दुबैजना झापा क्षेत्र नं. २ को उम्मेद्वार बन्ने होडमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *