साल्ट टे«डिङ झाको मनपरी

समाचार

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको अधिकाशं संघ संस्थाहरु बन्द भइसकेका छन् । अब साल्ट ट्रेडिङ, दूरसंचार प्राधिकरण, कृषि मन्त्रालयअन्तर्गतको कृषि कम्पनी, नेपाल टेलिकम, खाद्य संस्थान अब बाँकी रहेका छन् । साल्ट टे«डिङ कम्पनी लिमिटेडका पुराना कर्मचारी ब्रजेशकुमार झाले सञ्चार माध्यम हेर्ने काम गर्ने गरेका छन् । संचार माध्यमलाई विज्ञापनमा झुलाउने र साल्ट ट्रेडिङको वार्षिकोत्सव मनाउने क्रममा आम संचारकर्मी, बुद्धिजीवी, व्यापारीलाई रक्तदान जीवनदान भन्दै साल्ट ट्रेडिङ कम्पनीलाई दुनो गाई बनाएर नुन र ग्यासदेखि इत्यादी सामानको विक्री वितरण गरेको आरोप लागेको छ । झाले कमिसनदेखि सामान ढुवानीको ठेक्कामा करोडौं कमिसन हात पारेर साल्ट ट्रेडिङलाई धरासायी पारेको, जागिरे अवधि सकिन लाग्दाखेरी भ्रष्टाचारको मुद्दा लाग्छ भनेर बिरामीको बहाना पारी भारत जाने र नेपालको पैसा भारतीय बैंकमा जम्मा गरेको समाचार सुत्र बताउँछ ।
बज्रेशकुमार झा बारम्बार भारतमा बिरामीको बहाना पारेर उपचारमा जाने गरेको सुत्रको भनाई रहेको छ । यसबारेमा जानकारी लिन सम्पर्क गर्न खोज्दा फोन उठेन । बज्रेशकुमार झाजस्ता साल्ट ट्रेडिङमा थुप्रै पुराना कर्मचारी रहेका छन् । साल्ट ट्रेडिङका कर्मचारी साल्ट ट्रेडिङ टाट पल्टाउन तल्लीन छन् । बज्रेश कुमार झालाई साल्ट टे«डिङका अन्य कर्मचारीले गोल किपर भन्ने गरेका छन् । उनी अध्यक्ष भन्दापनि ठूलो भएका छन् । भन्नको लागि साल्ट ट्रेडिङको कार्यभार उर्मिला श्रेष्ठले सम्हालेपनि श्रेष्ठभन्दा पनि बज्रेश झाको हालीमुहाली चल्ने गरेको समाचार सुत्रले बताएको छ । साल्ट टे«डिङमा सबैभन्दा पुराना र साल्ट ट्रेडिङ भित्रको कथा व्यथा झासँग राम्रो रहेको छ । यसकारण पनि साल्ट टे«डिङमा झालाई शक्तिशाली मान्दै आएका छन् । बज्रेश झालाई भेट्न गार्डलाई रिझाउनुपर्ने हुन्छ । एक्काईसौं शताब्दीमा पनि एउटा संस्थाको कर्मचारीलाई भेट्न महाराजालाई भेट्नुभन्दा कठिनाई छ । कर्मचारी झालाई भेट बक्साउनुपर्ने भन्दै केही व्यापारीदेखि विभिन्न पेशागत व्यवसायीले गर्ने व्यक्तिले भन्न थालेका छन् । उनलाई भेट्न घन्टौंसम्म पर्खनुपर्ने र पर्खेपनि कतिपय समस्याको समाधान झाले नगर्ने, चाहिँदो नचाहिँदो बोल्ने गरेका छन् । मन्त्रालयका कर्मचारीदेखि राष्ट्रिय दैनिक पत्रिकाको नाम भजाउँदै भन्न थालेका छन् । यो देश उँभो गाल्ने छैन । सबै नेता र अर्थ मन्त्रालयका कर्मचारी सिध्याउने भए भन्दै साल्ट टे«डिङ भित्र गरेको भ्रष्टाचारको कमाईले झाजस्ता कर्मचारीले मोज गरेको पीडित कर्मचारीले नाम नबताउने शर्तमा तामाकोशी सन्देशलाई दुखेसो पोखेका छन् । झाको बारेमा यतिमात्र सीमित रहँदैन र झाले समाजसेवाको नाममा भए गरेको फेहरिस्त केही पत्रपत्रिकाले लेख्ने गरेतापनि विज्ञापन दिएर टाल्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *