जनार्दन शर्माले दिए समितिमा तीन घण्टा लामो बयान

अर्थ/वाणिज्य

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले इन्कारी बयान दिएका छन् । यो आर्थिक बर्षको बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको बिषयमा छानबिन समिति बने पछि राजीनामा दिएका शर्माले आज बिहान सिंहदरबारमा पुगेर बजेट निर्माणमा कोही पनि अनधिकृत व्यक्तिको प्रवेश नभएको इन्कारी बयान दिएका हुन । बिहान साढे आठ बजेबाट सुरु भएको बयान साढे ११ बजे सकिएको हो।

बयानको क्रममा समितिमा उनले अर्थ मन्त्रालयमा को पस्याृ वा को बाहिर निस्कियो भन्ने कुरा सजिलै थाहा हुने हुँदा अनधिकृत व्यक्ति प्रवेश गरेको बिषयमा सुरक्षाकर्मीहरु मर्यादापलकहरुलाई सोध्न भनेका हुन ।
सीसीटिभीक फुटेजका सन्दर्भमा पनि शर्माले फुटेज कति दिन रहन्छ, कहिलेसम्म रहन्छ भन्ने कुरा आफ्नो जानकारीमा हुने कुरा नभएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *