गठवन्धनलाई पन्छाएर समाजवादी केन्द्रतिर किन लागे प्रचण्ड

राजनीति समाचार

काठमाडौं । गत आइतबार तीनदिने दिल्ली भ्रमणबाट स्वदेश फर्किएको लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले बाहेकका कम्युनिष्ट शक्तिलाई एकठाउँमा ल्याउने अभियान सुरु गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी केन्द्रको नामलाई विभिन्न गुटमा विवादित कम्युनिष्ट शक्तिलाई एक ठाउँमा ल्याउने र आगामी आम निर्वाचन एउटै चुनाव चिन्नमा लड्ने योजना समेत अध्यक्ष प्रचण्डले बनाएका छन्।

यस सम्बन्धमा सर्वाेच्च अदालतको आदेशबाट विघटन भएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालयका पाँच जना सदस्य प्रचण्ड, नारायणकाजी श्रेष्ठ, माधवमकुमार नेपाल, झलनाख खनाल र वामदेव गौतमका बीचमा गत मगंलबार दुइ घण्टा लामो छलफल पनि भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुलाई एकठाउँमा ल्याउने अभियान भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नपाएको आक्रोसमा व्यक्त गरेको रुपमा लिएको छ । भारत सरकार नेपालको यहि गठबन्धनको निरन्तरताको पक्षमा रहेको छ ।

यहि कारणले गर्दा गठबन्धनलाई बलियो र विश्वाससिलो बनाउन भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले माओवादी केन्द्रका अध्यक्षलाई दिल्ली भ्रमणमा निम्ताएका थिए । भाजपाका अध्यक्ष नड्डाको निम्तोमा माओवादी अध्यक्ष प्रचण्ड दिल्ली पुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी प्रभावशाली नेत्री आरजु देउवा पनि दिल्लीमा नै थिइन् ।

कांग्रेस नेत्री राणा र माओवादी अध्यक्ष प्रचण्डलाई सँगै राखेर नेपालको गठबन्धनलाई बलियो बनाउने योजना भारतको रहेको थियो । तर तिनदिन सम्मको बसाइमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नलिएपछि निच्च बनेर स्वदेश फर्किएका माओवादी अध्यक्ष प्रचण्ड उत्तरतिरको छिमेकी चीनको योजना अनुसार नेपाल कम्युनिष्ट शक्तिहरुलाई एकठाँउमा ल्याउन सक्रिय हुन थालेका छन् ।

माओवादी अध्यक्ष भारत भ्रमणमा जानु अगाडी चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियानचाओले चारदिने नेपाल भ्रमण गरेका थिए र त्यो चार दिने नेपाल भ्रमणको क्रममा उनले नेपालका प्रमुख कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुसँग लामो भेटवार्ता गरेर कम्युनिष्ट एकताका लागि पे्ररित गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले भेट समेत नदिएर अपमान गरेपछि अहिले माओवादी अध्यक्ष प्रचण्ड चीनको योजनाअनुसार नेपालका प्रमुख कम्युनिष्ट पार्टीहरुलाई ल्याउने अभियानमा सक्रिय भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसँगको गठबन्धनलाई यथावत राखेर विभिन्न कम्युनिष्ट पार्टीहरुसँग एकता गर्ने तथा कम्युनिष्ट पार्टीहरुसँग मिलेर समाजवादी केन्द्र गठन गर्ने भनेपनि माओवादी अध्यक्ष प्रचण्डको यो अभियान भारतीय प्रधानमन्त्री नरेन्द मोदीले आफू प्रति देखाएको व्यवहारको जवाफमा केन्द्रित रहेको बताइन्छ ।

र कम्युनिष्ट बिच एकता बढ्दै गए आमनिर्वाचनसम्म पुग्दा गठबन्धको भविष्यसमेत अन्योलमा पर्न सक्ने विश्लेशण समेत हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *