सत्तारुढ गठबन्धनमा प्रवेश गर्ने पार्टीको लहर

राजनीति समाचार

काठमाडौं । उपेन्द्र यादव नेतृत्वमा बसेको जनता समाजवादीका केन्द्रिय कार्यसमितिको बैठकले अध्यक्ष बाबुराम भट्टराई सहित ११ जना शिर्ष नेतालाई पार्टीबाट निष्कासन गरेको छ । जनता समाजवादीबाट निष्कासनमा परेका बाबुराम भट्टराईकोे राजनीतिक भविष्य यहि कारणले गर्दा अन्योलमा समेत पर्न गएको छ ।

यहि सम्बन्धमा छलफल गरेर आफ्नो पक्षमा निकास निकाल्न भनेर बाबुराम भट्टराइले गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग दुइघण्टा लामो वार्ता गरेका छन् । अध्यक्ष प्रचण्डले धारस दिँदै भट्टराइलाई जनता समाजवादीले पार्टीबाट हटाए भएपनि उनी गठवन्धनमा भने यथावत रहेको टिपणी गरेर गठबन्धनकोतर्फबाट बाबुराम भट्टराइलाई राजनीतिक सहयोग पुग्ने आश्वासन दिएका छन् ।

समाचार सुत्रका, अनुसार अब बाबुराम भट्टराइले गठन गर्ने राजनीतिक दललाई अहिलेको पाँच दलिय गठबन्धनमा यथोचित स्थान मिल्ने छ । अहिले स्वतन्त्र हैसियतमा रहेका भट्टराइ आफ्नै कार्यकर्ता दिपक लामिछाने आफ्नै निर्देशनमा निर्वाचन अयोगमा दर्ता गरेको समावेशी लोकतान्त्रिक पार्टीलाई सक्रिय बनाउने कि अर्काे दल गठन गर्ने भन्ने सम्बन्धमा निर्णय गरीसकेका छन् ।

तर भट्टराइ अब राजनीतिक दलको कार्यकारी पदमा नबस्ने निश्चित भएको छ । भट्राइ कार्यकारी पदमा नबस्ने भएपछि महेन्द्र राय यादव, राजकिश्वोर यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ तथा प्रसान्त सिंह अब गठन हुने पार्टीको नेतृत्वमा पुग्ने प्रयास गरिरहेका छन् । अबको केहि दिनमा भट्टराइ समेत भएको नयाँ पार्टी अस्थित्वमा आउने छ ।

अथवा दिपक लामिछानेको नेतृत्वमा निर्वाचन अयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टी सक्रिय हुने छ । भट्टराइ आबद्ध भएको दलले अहिले सत्तारुढ गठबन्धनमा आफ्नो हैसियत अनुसार मान्यता पनि पाउने छ ।

यसैगरी पाँचदलको सत्तारुढ गठबन्धनले गत बर्ष नेकपा एमाले विभाजित भएपछि पार्टी अध्यक्षदेखि साधारण सदस्य बाट समेत राजीनामा गरेर बसेका र पछिल्लो समयमा सबै विवादित कम्युनिष्ट शक्तिलाई एकठउँमा ल्याउन भनेर वामदेव गौतमले गठन गरेको नेकपा एकता अभियान पनि सत्तारुढ गठबन्धनमा आबद्ध हुने भएको छ ।

यहि कारणले गर्दा कम्युनिष्ट एकता अभियानलाई तत्कालका लागि थाती राखेर वामदेव गौतमले आफ्नो नेतृत्वमा गठन गर्न थालेको नेकपा एकता अभियान पार्टीलाई निर्वाचन अयोगमा दर्ता समेत गरेका छन् । यहि क्रम बढ्दै जाने हो भने आम निर्वाचनसम्म पुग्दा सत्तारुद्ध गठबन्धनमा सहभागी हुने राजनीतिक दलको संख्या १० नाग्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *