ठेकेदार र कर्मचारीको आ–आफ्नै गुनासो

समाचार

काठमाडौं । अधिकाशं विकासे आयोजना र अड्डामा ठेकेदारले काम नगरेको आरोप आइरहे पनि ठेकेदारले आधा उधि काम गरेको अवस्था छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयदेखि सहरी विकास मन्त्रालय, विद्युत आयोजना, बाग्मती कोरिडोर, विद्युत प्राधिकरण, नेपाल दूरसंचार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं महानगरपालिका, ललितपुर महानगर, भक्तपुर महानगरपालिका, कीर्तिपुर नगरपालिकाजस्ता ठाउँमा पर्खाल लगाउने, सडकदेखि मठ मन्दिर, पाटी पौवा बनाउने, धर्मसाला निर्माण गर्ने जस्ता काममा ठेकेदार कम्पनीले ठेक्का लिएर पनि काम गर्न सकेका छैनन् । किनकि ठेकेदारले ठेक्का टेण्डर लिँदाखेरी सार्वजनिक खरिद ऐनसँग मिल्दोजुल्दो गरी कर्मचारी ठेकेदारबिच समन्वय गरी ठेक्काको काम लिने दिनेमा हुने काम महंगीले गर्दा ठेकेदारले काम गर्न सकेका छैनन् । अहिले युक्रेन र रुसको लडाईंले डिजेलको मूल्य आकासिएको छ र डिजेलको कारण विभिन्न सामान ढुवानीदेखि सिमेन्ट, छड, रोडा, ढुंगा, माटो, कामदार महंगो भएपछि ठेकेदार काम गर्न सकेका छैनन् । सरकारी आयोजनाको कर्मचारीले पनि बेलामा काम नगरेको भन्दै ठेकेदार कम्पनीलाई ठेक्का तोड्ने र अन्य व्यक्तिलाई ठेक्का दिन पनि लागिपरेका छन् । ठेकेदारले ठेक्का लिएको काम बेलामा गर्न नसकेपछि कार्यालयका कर्मचारीले भुक्तानी समयमा दिन नसकेको गुनासो ठेकदारले गर्दै आएका छन् । ठेकेदारले पनि कतिपय सरकारी कामको पैसा समयमा नपाउने कारणले ठेकेदार कम्पनीले आफ्नो घर जग्गा बैंकमा राखी ऋण लिएर ठेक्काको काममा लगानी गर्नुपरेको गुनासो ठेकेदार कम्पनीले गरेका छन् । बेलामा सरकराले बजेट दिने गरेको छैन । बजेट सरकारले नदिएपछि कतिपय काममा बाधा परेको गुनासो ठेकेदारहरुको रहेको छ । सरकारले २०७९ वैशाख ३० गते स्थानीय चुनाव सम्पन्न गर्नको लागि सरकारी बजेट अर्थमन्त्रालयले खचिेपछि बजेटको अभाव देखाएर सरकारी कर्मचारी भुक्तानी दिन आनाकानी गरेको आरोप छ । यसपाली ठेकेदारले काम गरेको भुक्तानी दिन नसकेर ठेकेदारले हामीलाई अफिसमा बस्न समेत नपाएको गुनासो लेखा अधिकृतहरुले गरेका छन् । तर ढिलै भएपनि विभिन्न आयोजनाको कामका पैसा अर्थ मन्त्रालयले असार महिनामा केही बजेट निकासा गरिदिएपछि केही ठेकेदारको राहत भएको बताइन्छ ।
२०७९÷०८० मा पनि विकास कम हुने बताइन्छ । २०७९ कात्तिक÷मंसिरमा सरकारले प्रदेश र संघको चुनाव गराउने भनेको छ । सबै विकासको बजेट चुनावमा सरकारले खिच्ने भएपछि भौतिक पूर्वाधारदेखि यावत विकासको काममा अवरोध आउने ठेकेदार र कर्मचारीले बताउने गरेका छन् । तर असार मसान्तमा आएर काम सम्पन्न गर्नु भनेको राज्यको सम्पत्ति हिनामिना गर्नु हो भन्दै थिए । किनकि जेठ असार लागेपछि पानी पर्ने र पानी परेपछि भएको कामको गुणस्तर कम हुने गरेको छ । पानी परेपछि काम गरेपनि राम्रो र टिकाउन नहुने कारणले विकासमा अवरोध आउने गरेको बताइन्छ । कतिपय ठेकेदार कम्पनी सरकारी कार्यालयको कर्मचारी, इन्जीनियर, लेखा फाँटको समन्वय नहुँदा पनि विकासको कामले गति लिन नसकेको गुनासो रहेको बताइन्छ । सरकारी कार्यालयका कर्मचारीले भन्ने गरेका छन् । ठेकेदारले कामै गरेनन् भन्ने गरिन्छ । तर सरकारले ठेक्का दिएपनि भुक्तानी नदिएर ठेक्काको काम नभएको गुनासो ठेकेदारले गरेका छन् । सरकारी कर्मचारीले भन्दै आएका छन्, यदि काम भनेको बेलामा हुन नसक्ने हो भने हामीले ठेक्का तोड्छौं । तर ठेकेदारले पनि काम गरेको भुक्तानी अहिलेसम्म नपाएको गुनासो ठेकेदारले गर्ने गरेका छन् । कतिपय ठेकेदारको पैसा सरकारी कर्मचारी र सरकार फेरिएपछि ठेकेदारले काम गरेको भुक्तनी नपाएको गुनासो आएको छ । विगतको वर्षमा ठेकेदारले ठेक्का लिएको र काम सकिएको भुक्तानी लिन बाँकी रहेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *