मेनपावर र कन्सल्टेन्सीले ठगेको ठग्यै, युवायुवती विदेश जान लर्काे

समाचार

काठमाडौं । नेपालमा च्याउसरी खोलिएका मेनपावर कम्पनीले अधिकाशं नेपाली युवायुवती ठगी गर्दै आएका छन् । राज्यलाई बुझाउनुपर्ने राजस्व पनि छलि गर्दै आएका छन् । एकाएक २०७६ साल चैत ११ गते कोरोनाको कारण सरकारले लकडाउन गरेपछि सुस्ताएको मेनपावर अहिले २०७८ सालदेखि चलायमान भएका छन् । विदेशबाट नेपाली कामदारको मागबढेको छ र आम नेपाली युवायुवती रोजीरोटी र उच्च शिक्षा हासिल गर्न विदेसिने क्रम पनि बढिराखेको र अहिले वैदेशिक रोजगारको लागि भन्दै विभिन्न राष्ट्रिय दैनिकमा मेनपावर कम्पनी र सञ्चालकले विज्ञापन गरिराखेका छन् । विदेशबाट डिमान्ड लेटर नआएपनि विज्ञापन गरिराखेका छन् । तर विभिन्न देशको लागि डिमान्ड आएको छ । यति तलब सुविधा पाइन्छ, खान बस्न राम्रो छ भन्दै आम नेपाली युवायुवतीलाई मेनपावर कम्पनी र कन्सलटेन्सीले ठग्दै आएका छन् । २०७६ सालको कोरोनाको कारण विदेश जाने नेपाली न्युन रहेतापनि २०७८ सालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने र रोजी रोटीको लागि भन्दै विदेसिने नेपाली दैनिक ५ सयदेखि १२ सयको हाराहारीमा रहेका छन् । विदेशबाट नेपाली कामदारको माग भएको भनाई रहेको छ । तर मेनपावर संचालकले बिचौलिया खडा गरी ठग्दै आएको र विदेशमा उच्च शिक्षा हासिल गर्ने युवायुवती विदेश जाने र रोजगार र उच्च शिक्षा हासिल गर्न नसकेको आरोप छ ।

मेनपावर र कन्सल्टेन्सीले ठगेको समाचार पनि हामीले पत्रपत्रिकामा पढ्ने गरेका छौं । तर नेपाल सरकारले रोजीरोटीको लागि मलेसिया, कतार, दुबई, साउदी अरब, बहराइनजस्ता देशमा नेपाली पठाउने गरेका छन् । महिलालाई कुवेतबाट अफगानिस्थानसम्म पठाउने गरेका छन् । ओमन, बहराइन पठाउने गरेका छन् । आम नेपाली युवाचयुवतीबाट १ लाखदेखि २ लाखसम्म देश हेरेर उठाएको बताइन्छ । तर अहिले मेनपावर कम्पनीे अनलाइनबाट भिसा एप्लाई गर्नुपर्ने र सो अनलाइनबाट विदेश जानको लागि अग्रिम भुक्तानी या पेस्की स्वरुप लिने गरेका छन् । मेनपावर कम्पनीका सञ्चालक या कर्मचारीले बैंक खातामा पैसा जम्मा गर्न लगाउने र मोबाइल नम्बर दिने गरेका छन् । विदेश जाने युवा युवतीलाई ठग्दै आएको बताइन्छ ।
पासपोर्ट मेनपावर कम्पनलिाई पैसाचाहिं बैंंक खातामा जम्मा गर्ने गरेका छन् । न त विदेश जान पाइन्छ, न त बैंक खातामा जम्मा गरेको पैसा फिर्ता आउँछ भन्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्नेको ताँती रहेको छ । अहिले मेनपावर कम्पनी र कन्सलटेन्सीले व्यापक रुपमा युवायुवती विदेश पठाएका छन् । विदेश जान युवायुवती पनि हौसिएका छन् । कन्सलटेन्सीले मनलाग्दी पैसा असुलेको अवस्था छ । खासगरी स्टुडेन्ट भिसामा जापान, क्यानडा, युके, अमेरिका, अस्टे«लिया, थाइल्याण्डजस्ता देशमा कन्सल्टेन्सी र विदेशी एजेन्ट मलेर आम नेपाली युवायुवती उच्च शिक्षा हासिल गर्न पठाएका छन् ।

तर नेपाल सरकारले यस्ता कन्सलटेन्सीले कस्तो खालको मापदण्ड बनाएको छ, त्यो जानकारी सरकारलाई नै छैन । नेपालमा काम नपाएर छटपटाएका नेपाली विदेश जानको लागिके कस्तो अवधारणा कन्सल्टेन्सी र मेनपावर कमपनीले बनाएका छन् भन्ने सममको जानकारी कुनै पनि निकायलाई छैन । खासगरी नेपालका युवायुवती उच्च शिक्षा हासिल गर्ने नाममा विदेश पलायन भएका छन् । यस्ता विद्यार्थीलाई विदेश जानबाट रोक्नलाई सरकारले सकेको छैन । सरकारले भन्ने गरेको छ नेपालमा रेमिनेन्टसले मुलुक चलेको छ । नेपालमा रेमिट्यान्स भित्र्याउने वातावरण बनाउने भनिएको छ । अहिले विश्वमा कोरोना ंसंक्रमण घटिरहेको अवस्थामा नेपालमा भने दिनप्रतिदिन कोरोना बढ्दै गइरहेको छ । नेपालीहरु भने विदेसिँदैछन् । विदेसिएका नेपाली विदेशमा पलायन हुने सम्भावना बढेर गएको छ । नेपालमा उद्योगधन्दा कलकारखाना सरकारले खोल्न सकेको छैन । कन्सल्टेन्सी र मेनपावरले ठगेको ठगै छन् भने आम नेपाली युवायुवती खाडी मुलुक धाउन बाध्य भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *