ramchandra

भारत चिढाउने, चीन रिझाउने सुत्र कहिलेसम्म ?

समाचार

रामचन्द्र बस्नेत

नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले तीन दिने भारत भ्रमण गरेर स्वदेश फर्किएको लगत्तैबाट नेकपा एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याएर समाजबादी केन्द्र गठन सुरु गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको अहिलेको बाम लोकतान्त्रिक गठबन्धनलाई यथावत् राखी कम्युनिष्ट शक्तिलाई एक ठाउँमा ल्याउनु पर्ने आवश्यकता भारत भ्रमणबाट आए लगत्तै माओबादी अध्यक्ष प्रचण्डलाई किन प¥यो भन्ने प्रश्नले जवाफ पाउन सकेको छैन । तथापी तीन दिनको दिल्ली बसाई र तगडा आश्वासनको बाबजुद पनि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नपाएको आक्रोशका रुपमा धेरैले लिएका छन । किनभने भारत नेपालको सत्तामा यही बाम लोकतान्त्रिक गठबन्धन कायम रहोस भन्ने चाहन्छ भनिन्छ र उत्तर तिरको छिमेकी चीन भने नेपालमा कम्युनिष्ट बीचमा मात्र गठबन्धन र एकता होस् भन्ने चाहन्छ भनिन्छ र माओबादी अध्यक्ष प्रचण्डले दिल्ली भ्रमण गर्नु दुई दिन अगाडी चार दिने नेपाल भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमणको उद्देश्य पनि यही थियो भनिन्छ ।
तर नेपालका कम्युनिष्टले मात्र होईन कांग्रेसले भन्ने गरेको र संविधानको प्रस्तावनामा नै लेखिएको समाजबादलाई आम नेपालीले अहिलेसम्म बुझन सकेका छैनन् । त्यसमाथि यो चुनाबको मुखमा माओबादी अध्यक्ष प्रचण्डले कम्युनिष्ट शक्तिलाई एक ठाउँमा ल्याएर समाजबादी सेण्टर गठन गर्ने बासुरी किन बजाउन थालेका हुन् भनेर कसैले बुझ्न सकेको छैन । समाजवादलाई हाम्रा नेताहरुले हिन्दुको स्वर्ग र मुसलमानको जन्नतको रुपमा प्रस्तुत गरेर सोझा जनतालाई रोमान्चित पार्ने गरेका छन् । तर अहिलेसम्म स्वर्गको अनुभव गरेको देश लुटेको नेता बाहेक एउटा पनि सर्वसाधारण जनता फेला पर्न सकेको छैन । यही कारणले गर्दा हाम्रा नेताहरु समाजबादको गीत किन गाउछन र समाजबाद शब्दलाई संविधानको प्रस्तावनामा किन उल्लेख गरेको हो भनेर पनि बुझन सकेका छैनन् । तर नेताहरुले समय समयमा समाजबादको भुलभुलैया देखाएर जनतालाई भुलाउने आफनो दुनो सोभ्mयाउने खेल भने यो मुलुकमा समय समयमा हुने गरेको छ । अहिले त्यही खेल दोहो¥याउने उपक्रम माओबादी अध्यक्ष प्रचण्डले गरिराखेका छन् । तर आमनिर्वाचन नजिकिदै जाँदा माओबादी अध्यक्ष दाहालले समाजबादलाई जादुको छडीको रुपमा जनता समक्ष प्रस्तुत गर्न थालेका छन् भने एकीकृत समाजबादीका अध्यक्ष माधव नेपाल र नेकपा एकता अभियान समितिका संयोजक बामदेव गौतम त्यसैको पछि दौडिराखेको अबस्था छ । तर समाजबादको नाममा कम्युनिष्टको बैतरिणी पार हुने अबस्था छैन । त्यसकारण समाजबादीको बजार हल्ला माओबादी अध्यक्ष दाहालले कांग्रेसलाई दबाबमा राख्नका लागि मात्र छाडेको देखिन्छ ।
एकीकृत समाजबादीमा अध्यक्ष दाहाललाई पार्टी र आफ्नो शाख जोगाउनु छ भने बामदेव गौतमलाई जसरी पनि चुनाव जित्नुछ । त्यसकारण यी नेतालाई प्रचण्डको साथ लाग्नै पर्ने हुन्छ । तर यीबाहेकका कम्युनिष्ट नेता समाजबाद भन्दै प्रचण्डको पछि लाग्ने देखिदैन । किनभने समाजबाद शब्दमा जनताको भोट तान्ने आकर्षण देखिदैन । र, समाजबादको महिमा गाएर मात्रै जनताले भोट हाल्ने स्थिति पनि छैन । यसैले गर्दा प्रचण्डले प्रस्ताव गरेको समाजबादी केन्द्र प्रति कांगे्रसका बरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आक्रोश ब्यक्त गरेका छन् । माओबादी अध्यक्ष प्रचण्ड एकसाथ अन्य कम्युनिष्ट पार्टी र कांग्रेसलाई समेत आगामी आम निर्वाचनमा उपयोग गरेर सबभन्दा ठूलो कम्युनिष्ट दल हुने र काग्रेंससंग बार्गेनिङ गरेर सरकारको नेतृत्वमा पुग्ने योजनामा रहेको देखिन्छ । तर भारतलाई चिढाउने र चीनलाई रिझाउने यो फर्मुला तत्काल पुरा हुने देखिदैन र यो मामिलामा नेपालका दल र नेताले समेत विश्वसनीयता गुमाएको तितो सत्यलाई समेत नकार्न सकिँदैन ।
दुई तिरका छिमेकी भारत र चीन नेपालको हित हेरेर होईन आफनो स्वार्थ हेरेर एउटा यही गठबन्धनलाई निरन्तरता दिन चाहन्छ भने अर्को छिमेकी यो गठबन्धन भत्काएर कम्युनिष्टको मात्र गठबन्धन बनाउन चाहन्छ । दुई छिमेकीको यही लुछाचुडीमा माओबादी अध्यक्ष प्रचण्ड खेल्न खोजेको जस्तो देखिन्छ ।अब आम निर्वाचन संघारमा नै आई पुगेको छ भन्दा हुन्छ । यो आम र प्रदेश चुनाव मिलेर लडने सहमती गठबन्धनका दलहरुले गरी सकेका पनि छन् यो अवस्थामा माओबादी अध्यक्ष प्रचण्डले कम्युनिष्ट शक्तिहरुलाई मिलाएर समाजबादी केन्द्र गठन गर्नु भनेको बेमैसमको बाजा बजाउनु जस्तै हो भन्न सकिन्छ ।
अहिले नेकपा एमाले कमजोर अबस्थाबाट गुज्रीराखेको छ । नेपाली कांग्रेसले सम्पन्न स्थानीय निर्वाचनमा राम्रो परिणाम ल्यायो र नेकपा एमालेलाई १२५ तहले पछाडी पार्न सफल भयो । तर यसका लागि कांग्रेसको संगठन र कार्यकर्ताको भूमिका थिएन भन्दा हुन्छ । आफुभन्दा ठूलो दल नेकपा एमालेमा आएको विभाजनले कांग्रेसलाई यो उपलब्धी र अवसर प्राप्त गराएको हो । यसैगरी माओबादी केन्द्र र एकीकृत समाजबादीले प्राप्त गरेको उपलब्धीमा एमालेको विभाजन र कांग्रेस संगको सहकार्यले निर्णायक भूमिका निर्वाह गरेको थियो । अब हुने आम निर्वाचन पनि गठबन्धनका दलका बीचमा मिलेर नै लडने सहमती बनेको छ । तर गठबन्धनका प्रमुख दल कांग्रेस, माओबादी र एकीकृत समाजबादीका श्रीष नेताहरु चुनाबमा उम्मेदवारी दिने मामिलामा दोहोरो कुरा गरेर गठबन्धनको अर्को दललाई दवावमा राख्ने रणनीति अपनाई राखेका छन् । यो रणनीति दुर्घटनामा परेर गठबन्धका दलहरुले विकल्पको बाटो समाउनु पर्ने अबस्था पनि आउन सक्दछ । यो स्थितिलाई ध्यानमा राखेर माओबादी अध्यक्ष प्रचण्डले समाजबादी केन्द्रको बहश अगाडी बढाएको पनि हुन सक्दछ । जे भए पनि आगामी आम निर्वाचन कसरी लड्ने भन्ने सम्बन्धमा गठबन्धका दलहरुमा अहिलेसम्म एउटा निश्चित बाटो बनी सकेको छैन । र, सहकार्यका सम्बन्धमा माओबादी नेता नारायण काजी श्रेष्ठ र एकीकृत समाजबादीका नेता झलनाथ खनालले आगामी आमचुनावमा आफुहरुलाई भ¥याङ बनाएर बहुमत ल्याउन तथा ठूलो पार्टी हुन खोजेको आरोप लगाएर बैकल्पिक बाटो खुल्ला रहेको स्पष्ट संकेत कांग्रेसलाई गरेका छन । यही अबस्थामा माओबादी अध्यक्ष दाहालले समाजबादी केन्द्रको बहश अगाडी सारेर गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसलाई टाढा पार्ने र अविश्वासको वातावरण बनाउने काम गरेका छन् । अर्थात् निर्वाचन नजिकिदै जाँदा पनि गठबन्धन भित्र अविश्वासको बादल झन् बाक्लो हुदै गएको छ ।
स्थिति अहिले गठबन्धनका दलहरु नेपाली कागे्रस, माओबादी केन्द्र र एकीकृत समाजबादीले गठबन्धन मार्फत् नै प्रदेश र संघीय चुनाव लड्ने भनीराखेका भएपनि उनीहरुले यो भाषा उत्साहमा होईन बाद्यतामा बोली राखेका छन् । अर्थात् राम्रो विकल्प पाएको अबस्थामा यी दलले सजिलै गठबन्धनलाई टाटा गर्ने छन् । यसको संकेत यी दलका सबै ठूला नेताले देखाई राखेका पनि छन् । यही मेसोमा माओबादी अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुलाई एकीकरण गरेर समाजबादी केन्द्र गठनको प्रस्ताब ल्याएका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *