वीरमा तीन भाइको हालीमुहाली

समाचार

काठमाडौं । नेपालको समाज बुझिनसक्नु छ । जसले सवा ग¥यो उही शत्रु बन्छ । वीर अस्पतालको एमडी, एमएसको जागिर खानको लाग अधयन गनुपर्ने कोटामा नाम निकालिदिन्छु भनेर ६० लाख हजम गर्दा जेल बस्नेलाई पनि जागिर बचाएका वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतलाई हटाउन स्वास्थ्य मन्त्रालयले खोज्दा जोगाउनमा कांग्रेसका नेताहरु बिचमा झगडा छ । यही खाने पिउने बिचको कुरा नमिल्दा दीपक मुडवरीले पहिला अस्पतालको वार्षिक कार्यक्रमप्रति चासो दिएनन् । बरु त्यहाँ राजनीतिक पहुँचको भरमा मेडिकल स्टोर पुगेर रजाइँ गरेका छन् । टिकाराम पनेरु स्वास्थ्यकर्मी संघ इकाईका अधयक्ष लवराज आचार्य उपाध्यक्ष विजय देउजाकै रमाइलो गरेका छन् । वीर अस्पतालको स्टोर खरिद, मेडिकल स्टोरमा नक्कली बिलबाट प्राप्त भुक्तानी थन्को लगाउन भ्याईनभ्याई छ । किनकि असार १५ बाट यो समूहले पनि बाली थन्क्याउन थालेको हो । वार्षिक कार्यक्रमको बाली पनि थपियो ।
कोरोनाको कारण बितेका २ वर्ष वीर अस्पतालले चासो लिएपनि व्यवस्थापकीय सुधार भने छैन । ५ वर्षसम्म मेडिकल स्टोरमा बसे अकूत रकम हजम गर्ने राजकुमार तिवारीको अख्तियारमा उजुर तामेलीमा छ । यही व्यक्ति ल्याब स्टोरमा रजाइँ गरेकै छन् । जसले ८० पैसाको रक्त संकलन, टिस्यु खरिदमा लुट मच्चायो । बजारमा प्रति टिस्यु ८० पैसामा पाइन्छ । तर तिवारीले स्पायललाई भनेर रु ८ बनाए । त्यो लुट रोक्न डा.भुपेन्द्रले सकेनन् । भुपेन्द्रलाई अस्पताल सुधार्नु पनि छैन, वीर अस्पताल सुधार्नु पनि छैन ।
भ्रष्टाचार काग्रेसको नाममा वीर अस्पतालमा चर्केको छ । मेडिकल स्टोरका पनेरु, जनरल स्टोरका आचार्य, ल्याबका तिवारीको भ्रष्टाचार हेरिरहेका कर्मचारी नेता दीपक मुडवरी आफैं अल्का हलले विरामी पर्दा अस्पताल ध्वस्त बन्दैछ । स्वास्थ्यमन्त्री विरोध खतिवडा आए गए, अस्पताल सुधार भएन । अहिले पहिलेका राज्यमन्त्रीलाई नेकपा एसले क्याबिनेट मन्त्री बनायो । वीर अस्पताल उस्तै छ । एमालेको बेलामा हृदयेश त्रिपाठी भए । त्रिपाठीले प्रतिभ्याक्सिन ४.५०डलरबाट ६.५० बनाउने काम मेडिकल माफिया र त्रिपाठीले गरे । ओलीको सरकारमा भानुभक्त ढकालले कति खाए कोरोना कालको खर्च ६० अर्बको हिसाब मिलेको थिएन ।
एमसीसीका अध्यक्ष ईश्वर पोखरेलले त्यो बेला ओम्नी समूह मार्फत करोडौं खाएर नपुगी बेला वीर अस्पतालमा काठमाडौं महानगरको १६ करोडको सामान छोरालाई ठेकेदार बनाएर आधा झ्वाम पारेका थिए । यी सबै देखेका र बुझेका पनेरु, तिवारी र आचार्य खेती साउनमा उठाउने कुनै नौलो होइन, कार्यकारी निर्देशक डा.भूपेन्द्र बस्नेतले यसमा ध्यान दिन सकेनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *