राष्ट्रघात देश बर्बाद !

समाचार

रुस, चिन र उत्तरकोरिया विरुद्व अमेरिकाले शुरु गरेको हिन्द प्रशान्त महासागरिय साझेदारी (IPS) का सेनापतिहरु को सम्मेलन यहि साउन ९ देखि ११ गते सम्म अष्ट्रेलियामा हुन्दैछ। त्यसमा नेपालबाट सेनापति को सहभागिता हुने भनी मन्त्रिपरिषद ले गरेको निर्णय नेपाल को राष्ट्रिय हित प्रतिकुल छ। क्ष्एक् सैन्य सम्मेलनमा गरिएको सहभागिताबाट नेपाल (IPS) को सैन्य गठबन्धन को सदस्य बनेको सँकेत गर्दछ। एकातर्फ अमेरिका सँग क्एए सँझौता नगर्ने भनी पत्राचार गर्न ढिलाई गरिनु र अर्को तर्फ क्ष्एक् को सैन्य सम्मेलनमा सहभागी हुनुले नेपाल सरकारको विदेश नीति, पन्चशिल र असँलग्न परराष्ट्रनीति विपरित पश्चिमा शक्ति राष्ट्र परस्त रहेको देखाउछ। अतस् सरकारले यो नीति अविलम्व सच्याउनु पर्छ। र क्एए तथा (IPS) को सैन्य गठबन्धनमा नेपाल नरहने पत्र अविलम्व अमेरिकालाई पठाईनु पर्दछ । सामाजिक सञ्जालमा छापिएको यो पोस्टले वर्तमान देउवा सरकारले नेपाललाई कता तिर लग्दै छ भन्ने संकेत राम्रै सित गरेको छ । पाँच दलको गठबन्धनबाट बनेको देउवा सरकार जनभावना बिपरित अगाडि बढेको बढेकै छ । देखाउनको लागि जनपक्षिय निर्णय गर्दछन तर कार्यन्वयन भने उक्त निर्णयको ठिक बिपरित दिशामा गर्दै लगेका छन । एक पछि अर्को राष्ट्रघाती निर्णयहरु गर्दै अगाडि बढेको देउवा सरकारलाई नेपाली जनताले अंकुश लगाउन सकिरहेको छैन । सुरुमा अमेरिकी परियोजना एमसीसी जनभावना बिपरित पास गर्दा नेपाली जनताले त्यसलाई बासी मुद्दा सम्झी चुपचाप बसेका थिए । नेपाली जनताले यसको लागि देउवा सरकारलाई भन्दा पनि निवर्तमान ओली सरकारलाई जिम्मेवार ठानेका थिए । त्यसपछि अमेरिकी परियोजना एसपीपीको मामला सार्वजनिक भयो । देउवा सरकारले जनभावना अनुसार नै अमेरिकी परियोजना एसपीपीमा भाग नलिने भन्दै क्याविनेट निर्णय गरी अमेरिकालाई चिठी लेखी जानकारी गराउने भन्यो तर सोचिठी नलेखी अहिले सम्म आलटाल गरी बसेको चर्चा सार्वजनिक भयो । यसै बिचमा भारतले अति प्राथमिकता दिएको नागरिकता विधेयक हठात सित संसदबाट पारित गरियो । अहिले यो नागिकता विधेयकको पक्ष र विपक्षमा नेपाली जनता बिभाजित भएका छन । नेपाली काँग्रेस द्वारा नेतृत्व गरिएको पाँच दलको गठबन्धनबाट बनेको देउवा सरकार यति बेला नेपाली जनताको ठुलो बिरोध झेल्दै छ । देउवा सरकार राजनीतिक परिस्थिति प्रतिकूल हुँदापनि अगाडि बढेको देखिएता पनि यो अगिबढाई उल्टो दिशामा भएको हुँदा नेपाली जनताले रुचाएको छैन । नेपाल राष्ट्रलाई देउवा सरकारले नेपाली जनताको ठुलो बिरोधको बाबजुद पनि जानीजानी नेपाललाई अमेरिकी ईण्डोप्याशिफिक रणनीतिमा सामेल गराउँदै अगाडि बढेको छ । अमेरिकी ईण्डोप्याशिफिक रणनीतिको प्रमुख हिस्सेदार भारतलाई पनि रिझाउने प्रयास देउवा देउवा सरकारबाट हुँदै आएको छ । यहि बेलामा नेपाल राष्ट्र माथि आर्थिक संकटको बादल मडारिएको देखिन्छ । दक्षिण एशिया कै राष्ट्र श्रीलंकामा आएको आर्थिक संकटले नेपाली जनताको मनमा ढ्यांग्रो बजी सकेको छ । बिदेशीको ईशारामा चल्दै आएको देउवा सरकारले नेपाललाई आर्थिक संकटबाट बचाउन सक्नेमा नेपाली जनता विश्वास्त छैन । नेपाल राष्टको सुरक्षाको अवस्था यतिबेला नाजुक बनेको छ । नेपाली सेना जनभावना विपरित अमेरिकी परियोजना एसपीपीमा सामेल हुँदै आएको छ भने नेपाल प्रहरीले सिधै अमेरिकी राजदुतावास मार्फत अरबौं आर्थिक सहायाता लिएको भेद हालै सार्वजनिक भएको छ । क्षिमेकी देश भारत अमेरिकी ईण्डोप्याशिफिक रणनीतिको प्रमुख साझेदार नै हो । भारत चीनलाई घेर्ने अमेरिकी रणनीतिकको कार्यन्वयनमा दृढसंकल्पित भएर नै लागेको छ । नेपाललाई पनि भारतले दबाब हाल्दै उक्त अमेरिकी सैनिक प्याक्टमा सामेल हुन बाध्य पार्दै लगेको छ । राष्ट्रियताको मामलामा कमजोर देउवा सरकारले अमेरिकी सैनिक अभियानमा आनाकानी गर्दै नेपाललाई पनि सामेल गराउँदै लागेको अनुभूति हुँदैछ । अमेरिकाको चीनलाई घेर्ने रणनीति अनुसार आईपीएसमा संलग्न मुलुकहरुले आस्ट्रलियमा गराउन आँटेको सेनापतिहरुको सम्मेलनमा सुटुक्क नेपालका सेनापतिलाई पनि भागलिन पठाउने क्याबिनेट निर्णयगरी अमेरिकालाई रिझाउने गोप्य प्रयास देउवा सरकारले गरेको छ । नेपाल राष्ट्रलाई यसबाट के लाभ हाँसिल हुन्छ भनी देउवा सरकारले देखाउन सकेको छैन तर नेपाली जनता ले सिधै बुझ्ने कुरा के छ भने नेपाललाई देउवा सरकारले अमेरिकी सैनिक प्याक्टमा सामेल गराईसकेको छ । यो अमेरिकी सैनिक प्याक्ट चीनको बिरुद्धमा भएको हुँदा देउवा सरकारले क्षिमेकी देश चीनलाई चिढाउने ठुलो भुल गरेको छ । नेपालले आफ्नो परम्परा अनुसारको असंलग्न परराष्ट्र नीतिलाई त्याग्दै अमेरिकी सैनिक अभियानमा लागेको कुरा प्रमाणीत भएको छ । नेपाली जनता निवर्तमान ओली सरकारले गरेको भ्रष्टाचार र आर्थिक अपराधलाई सहनगर्न नसकी पाँच दलको गठबन्धनबाट बनेको देउवा सरकारको पक्षमा उभिएका थिए । अहिले आएर देउवा सरकारले मनोमानी गर्न थाले पछि नेपाली जनतालाई चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भनेको जस्तो अनुभव हुन थालेको छ । देउवा सरकारले श्रृङ्खलाबद्ध रुपमा एकपछि अर्को अलोकप्रिय निर्णयहरु गर्दै गराउँदै लगेको छ । नेपाली जनताले अर्को तितो सत्य पनि अहिले देखि नै मानेरै चल्दा हुन्छ त्यो के हो भने देउवा सरकारले नेपाललाई आउनै लागेको आर्थिक संकटबाट कुनै पनि हालतमा बचाउन सक्दैन । नेपाल राष्ट्र र नेपाली जनता अब भगवानको भरोषामा मात्रै टिक्ने र आर्थिक संकटबाट मुक्त हुने देखिन्छ । दलहरुको देखाएको आड भरोषामा नेपाली जनताले राजतन्त्रको साथ छोडेका थिए । अहिले आएर दलहरु भन्दा राजतन्त्र नै राम्रो भन्ने कुरा नेपाली जनतालाई अनुभूति हुन थालेको छ । राष्ट्रियताको मामलामा दलहरु एकदमै कमजोर सावित भएका छन । दलका नेताहरुले कुनै न कुनै बिदेशी मुलुकको दलाली गर्दै नेपाल राष्ट्रलाई धोका दिने गरेका छन । अहिले पनि त्यहि भईरहेको हुँदा देउवा सरकार अमेरिकाको पुच्छर झै भएर लागेको छ । राष्ट्रको सुरक्षा र नेपाली जनताको शन्तिलाई वेवास्ता गर्दै दलका नेताहरु बिदेशीलाई खुशी पार्ने प्रयासमा दिलोज्यान दिएर लागेका छन । दलको नेताहरु बिचमा को भन्दा को ठुलो बिदेशीको दलाल भन्ने कुराको होड नै चलेको देखिन्छ । भारतलाई नरिझाई नेपालको प्रधानमंत्री बन्न सकिन्न भन्ने कुरा दलका नेताहरुले राम्रै सित बुझेको हुँदा त्यसैको लागि दलका नेताहरु भारतलाई खुशी पार्न निरन्तर कसरत गर्दै छन । राष्ट्घात गरेरै भए पनि प्रतियोगिता जित्नको लागि दलका नेताहरु सबै तयार छन । राजनीतिक दलहरु यस्ता छन भने नेपाली सेना र नेपाल प्रहरी पनि अमेरिकाको आर्थिक साहायताको झाँसामा फँसी सकेका छन । नेपालको निजामति कर्मचारीहरु, नेपाली सेना र नेपाल प्रहरी सबै आफ्नै हिसाबले चलेका छन र तिनीहरु माथि सत्तामा भएका राजनीतिक दलहरुको नियन्त्रण कायम छैन । सत्तामा भएका राजनीतिक दलहरु आफै अनुशासित नभएको हुँदा उहाँहरुको मातहतमा चल्ने निजामति करर्मचारीतन्त्र, नेपाली सेना र नेपाल प्रहरी पनि स्वतन्त्ररुपले आफ्नै हिसाबले चलेका छन । सोझै बिदेशीहरु सित साँठगाँठ गरी आर्थिक सहायता लिन पाएका छन । यस्तो हिसाबले चलेको देश नेपालको राष्ट्रियता बलियो हुन सक्दैन । यसरी राष्ट्रको सुरक्षा र नेपाली जनताको शान्ति गठबन्धन दलहरुको सरकारले झनै भताभुङ्ग पारीदिएका छन । पाँच दलहरुको गठबन्धनबाट बनेको यो देउवा सरकारलाई कसैले परमादेशको सरकार भन्छन भने कसै ठगबन्धनको सरकार पनि भन्छन । देउवा सरकारको काम कार्यबाहीलाई हेर्दा यो घोर दक्षिणपंथी सरकार बनेर निस्केको छ । देउवा सरकार नेपालको परम्परागत बिदेशी नीतिलाई चटक्कै त्यागेर अमेरिकाको गुलाम नै बनेर निस्केको छ र अमेरिका कै निर्देशन अनुसार नेपालमा चीन बिरोधी गतिविधिलाई बढवा दिएका छन । भारत सित राम्रो सम्बन्ध स्थापित गर्नु नेपाल राष्ट्रको हितमा भएपनि भारत र अमेरिकाको सैनिक प्याक्टमा सामेल हुनु नेपालको हितमा छैन । देउवा सरकारमा सामेल भएका अन्य दलहरु सरकार ढल्ने खतरा महशुस गर्दै मुखमा ताला ठोकी चुप लागेर कुनै बिरोध नगरी रमिते बन्दै बसेका छन । निवर्तमान ओली सरकारको ज्यादतीलाई सम्झिएर पनि सरकारमा बसेका दलहरु आगामी संघीय र प्रदेश चुनाव सम्म देउवा सरकारको गलत नीतिहरु स्वीकार गरी बस्ने बाध्यता रहेको बिभिन्न सञ्चार माध्यम द्वारा जताईसकेका छन । यस्तो राजनीतिक परिवेशमा देउवा सरकारबाट अझ थप राष्टघात हुने र नेपाल राष्ट्रलाई झन बर्बाद बनाउने संभावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *