भ्रष्टाचारीहरुले कुलोको पैसा पनि छाडेनन्

प्रशासन प्रशासन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलोको पैसामा भ्रष्टाचार गरेको आरोपमा एकै पटक ९ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

सिँचाईको निम्ति बनाइएको कुलोमा भ्रष्टाचार गरेको आरोपमा उपभोक्ता समितिका अध्यक्षदेखि कोषाध्यक्ष,सहसचिव,तत्कालीन वडा अध्यक्ष देखि सब इञ्जिनियरसम्म भ्रष्टाचार मुद्धामा डामिएका हुन । उनीहरुले मुगुको छायाँनाथ रारा नगरपालिकामा सिँचाइ कुलो निर्माणका नाममा २३ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

भ्रष्टाचारको आरोप लागेकाहरुमा तीनमुखेदेखि लुवाबान्ना कृषि सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सह–सचिव सुरेश बुढा, छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष धर्मदत्त सावत, सब–इन्जिनियर राजेन्द्र शाही, कर्मचारी मणिचन्द्र विक र जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्यायसम्म छन् ।

यी ९ जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *