यस्तो बन्यो प्रम देउवाको अमेरिका भ्रमण तालिका

राजनीति समाचार

काठमाडौं । राष्टपति जो वाडेनले औपचारिक भ्रमणको निम्ता नदिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा आगामी भदौको पहिलो साताभित्रमा अमेरिका पुग्ने छन् । यसभन्दा अगाडि गत असारको अन्तिम सातामा नै प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तो आउने स्थिति बनेको थियो । तर, राष्ट्रपति जो वाइडेन रुस–युक्रेन युद्धको गम्भीर अवस्थामा व्यस्त हुनुपरेकाले प्रधानमन्त्री देउवालाई समय दिन नसक्ने स्थिति भएपछि निम्तासमेत नगरेको बताइन्छ ।

तर, संयुक्त राष्ट्रसंघको ७७ औं साधारणसभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा पुगेपछि राष्ट्रपति वाइडेनसँग ५ मिनेटको छोटो भेटवार्ताको कार्यक्रम ह्वाइट हाउसले बनाएको छ । संयुक्त राष्ट्रसंघको महासभाका सहभागीलाई अमेरिकी राष्ट्रपतिले दिवा भोज दिने चलन रहेको छ । त्यही चलनलाई निरन्तरता दिँदै राष्ट्रसंघको यो महासभामा दिवा भोज दिँदा राष्ट्रपति वाइडेन र नेपालका देउवाका बीचमा छोटो भेटघाट तय भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुपूर्व प्रमन्त्री देउवाले आगामी आमनिर्वाचनको मिति तोक्ने, मन्त्रिपरिष्द्को पुनर्गठन गर्ने र विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी चयन गर्ने योजना प्रधानमन्त्री देउवाले बनाएका छन् । समाचार अनुसार आगामी मंसिर चार गते संघीय र प्रदेशको एकैसाथ निर्वाचन गर्ने निर्णय देउवा मन्त्रिपरिषद्ले गर्न लागेको छ । र, निर्वाचनको मिति तोक्नु अगाडि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा सामान्य हेरफेर गर्दै संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारीको चयन पनि गर्ने छन् ि।

प्रधानमन्त्री देउवाले अमेरिका प्रस्तान गर्नुअगाडि लाकतान्त्रिक समाजवादीलाई दुईवटा मन्त्रालय दिएर सरकारमा सामेल गर्दै छन् । यसअघि सरकारमा सामेल हुने मामिलामा लोकतान्त्रिक समाजवादी सकारात्मक भएपनि आफ्नो पार्टीले अगाडि सारेको नागरिक सम्बन्धी विवादलाई सम्बोधन हुने गरी नागरिकता कानुन बनेपछि मात्रै सरकारमा सामेल हुने सर्त राखेको थियो ।

लाकतान्त्रिक समाजवादीको यही शर्त अनुसार छोटो बाटोबाट सरकारले नागरिकता सम्बन्धी कानुन ल्याउने प्रक्रिया अगाडि बढाएको छ । अब राष्ट्रिय सभाबाट अनुमोदन भएर राष्ट्रपतिले प्रमाणिकर गरेपछि नागरिकतासम्बन्धी नयाँ कानुन लागू भएपछ लोकतान्त्रि समाजवादीलाई सरकारमा जाने बाटो खुल्ला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *