जनार्दन लाई भोलि चोख्याइने

अर्थ/वाणिज्य प्रशासन प्रशासन

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित ११ सदस्यीय संसदीय विशेष छानबिन समितिले भोलि शुक्रवार प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । अहिले समितिका सदस्यहरु प्रतिवेदन लेख्नमा व्यस्त छन् ।
समितिका एक सदस्यका अनुसार पूर्व अर्थमन्त्री शर्मामाथि गम्भीर आर्थिक अपराध गरेको आरोप लाग्ने कुनै आधार भेटेको छैन । डिलेट भएको भनिएको सीसीटीभी फुटेज पूर्ण रिकभर नभएकाले खासमा अनधिकृत व्यक्तिको बजेट निर्माणमा संलग्नता भए वा नभएको भन्ने विषयमा भने प्रतिवेदन मौन रहने ती समितिका सदस्यले जनाएका छन् ।
सीसी क्यामरा हेर्दा पनि पूर्व अर्थमन्त्री जनार्दन शर्माले जघन्य आर्थिक अपराध गरेको कुनै आधार र क्लु भेट्टाउन नसकेपछि अर्थमन्त्रीलाई क्लिन चिट दिने गरी प्रतिवेदन लेख्ने पक्षमा सत्ताधारी सांसदहरु रहेका छन् ।
प्रतिवेदनमा सीसीटीभी फुटेज,अर्थ,राजश्व सचिव,बजेट निर्माणमा संग्लग्न टोली र यस अघि बयान लिएका ११ कर्मचारीहरुको बयान समेटिने छ । यस्तै समाचार लेख्ने पत्रकारहरुको बयान पनि प्रतिवेदनमा अटाउने जनाइएको छ ।
सीसी फुटेजमा केही क्लु नखुले पछि समितिमा रहेका एमालेका माननीयहरु कल डिटेल्स हेर्ने माग गरेका थिए तर अन्य सदस्यहरुले गोपनीयताको प्रश्न उठाए पछि उनीहरु व्याक भएका हुन र हिजै अर्थ समितिको हलमा बसेको विशेष समितिको बैठकले प्रतिवेदन लेख्ने सहमत भएका हुन ।
समितिमा आवद्ध सत्ताधारी दलका एक माननीयका अनुसार, पाँच जना सदस्यहरु एकातिर छन् । जसमध्ये उक्त प्रतिवेदन उपर एमालेका चार जना सांसदहरूले नोट अफ डिसेन्ट लेख्ने तयारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *